अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा १५ दिने भाषा प्रशिक्षण सम्पन्न

news

 
कला राना,
वालिङ २३ बैसाख ।
वालिङमा १५ दिने मगर भाषा प्रशिक्षण सम्पन्न भएको छ । नेपाल मगर संघ वालिङको आयोजनामा वालिङ नगरपालिकाको सहयोगमा संचालित मगर भाषा अक्खालिपि प्रशिक्षण आईतबार वालिङ ८ खेलमैदानमा रहेको मगर समाज भवनमा सम्पन्न भएको हो । तालिमको समापन वालिङ नगरप्रमुख कृष्ण खांणले गर्नुभएको थियो । नगरप्रमुख खांणले नेपाल बहु जाति, भाषा, धर्म, संस्कृतिले भरिपुर्ण देश भएको भन्दै यस्ता जातिय परम्परा, भेषभुषा, भाषा र संस्कृतिको जगेर्णाका लागी राज्यतहबाट ध्यान दिनुपर्ने बताउनुभयो । विविधताले भरिएको देश नेपालको समृद्धिका फरक जातिका फरक संस्कार, संस्कृतिलाई संरक्षण गरेर राख्नुपर्नेमा नगरप्रम्ुख खांणले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले मगर भाषाको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न यो तालिमले महत्वपुर्ण योगदान दिएको बताउनुभयो । मगर भाषा, संस्कार, संस्कृतिको जर्गेना गर्न टोल, टोलका मगर समुदाय एकजुट हुनुपर्ने भन्दै मुलुक निर्माण गर्न र संविधान प्राप्त गर्न मगर समुदायको योगदान अतुलनीय रहेको थापाले बताउनुभयो । 
कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम छोटो अवधिको भएपनि तालिम निकै उपलब्धीमुलक रहेको बताएका थिए । कार्यक्रममा प्रशिक्षक एवं नेपाल मगर संघ केन्द्रिय निर्वाचन उपसमिति सदस्य तेजबहादुर आले, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य क्या. डिलबहादुर थापा, नेपाल मगर संघ स्याङ्जाका संस्थापक अध्यक्ष पुर्णबहादुर थापा, नेपाल मगर संघ जिल्ला उपाध्यक्ष उमेश दर्लामी, समाजसेवी तेजबहादुर थापा, सुवेदार केशबहादुर थापा, क्या. गगनसिंह थापा, सुवेदार तेजबहादुर थापा, नेपाल मगर महिला संघ वालिङ नगर अध्यक्ष सुमित्रा थापा, प्रशिक्षार्थी सन्ध्या आले र चन्द्रबहादुर श्रिष मगरलगायतले बोल्नुभएको थियो । 
तालिममा ५० जनाको सहभागिता रहेको थियो भने भाषविद पुर्णबहादुर थापा र मगर संघ केन्द्रिय निर्वाचन उपसमिति सदस्य तेजबहादुर आलेले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ सचिवालय संयोजक ल्या. रत्नबहादुर पल्लीले १५ दिने तालिमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने नेपाल मगर संघका जिल्ला उपाध्यक्ष उमेश दर्लामीले तालिमको अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नेपाल मगर संघका नगर अध्यक्ष क्या. विश्वप्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष सिता थापा र संचालन सचिव कुलबहादुर थापाले गर्नुभएको थियो । यो मगर भाषाको तालिम वडास्तरमा लैजाने मगरसंघ वालिङको तयारी छ । यही तयारी अन्र्तगत मगर संघले यो तालिमको आयोजना गरेको हो । तालिम लिएका प्रशिक्षार्थी मध्येबाटै वडा स्तरमा प्रशिक्षक छनोट गरी वडा वडामा यो तालिम विस्तार गर्ने मगर संघ वालिङले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...