अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

भारतमा न्युजक्लिकका प्रधानसम्पादक पुरकायस्थ जेलमुक्त

news

 

जेठ ३, भारतीय समाचार पोर्टल ’न्युजक्लिक’ का संस्थापक तथा प्रधानसम्पादक प्रबीर पुरकायस्थ जेलबाट छुट्नु भएको छ । सर्वोच्च अदालतको आदेशपछि पुरकायस्थ गएराति तिहाड जेलबाट निस्किनु भएको हो । उहाँलाई  गएको अक्टोबरमा युएपीए अन्तर्गत चीनबाट अवैध रकम लिएको आरोपमा पक्राउ गरिएको थियो ।

दिल्ली प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै हिजो सर्वोच्च अदालतले पुरकायस्थलाई रिहा गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । न्यायाधीशहरू बीआर गवई र सन्दीप मेहताको संयुक्त इजलासले पक्राउ गर्ने बेलामा प्रहरीले कुनै आधार नबताएका उल्लेख गरेको छ ।

पुरकायस्थले आफ्नो पक्राउ गैरकानुनी भएको भन्दै सर्वोच्चमा निवेदन दिनुभएको थियो । उहाँसहित न्युजक्लिकका प्रशासनिक प्रमुख अमित चक्रवर्तीलाई दिल्ली प्रहरीको स्पेसल सेलले पक्राउ गरेको थियो । न्युयोर्क टाइम्समा छापिएको एक समाचारका आधारमा चीनबाट अवैध रूपमा सहयोग लिएको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

न्युयोर्क टाइम्सले चीन सरकारले प्रोपोगान्डा फैलाउन न्युजक्लिक अनलाइन पोर्टललाई पैसा दिएको दाबी गरेको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...