अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

असिनाले क्षणभरमै बिन्दुको सपना चकनाचुर पा¥यो

news

 
कला राना,
वालिङ ८ जेष्ठ ।
स्याङ्जाको वालिङ १४ का भीमबहादुर खवास बिन्दुले मौसमी तथा बेमौसमी तरकारी खेति गर्नुभएको १५ वर्ष पुग्यो । २०६२ ताका मलेसियामा ३ वर्ष काम गरेर फर्कनुभएका बिन्दुलाई आफ्नै गाउँघरमै आफ्नो पहिचान खोज्न मन लाग्यो । ३ वर्ष मलेसिया बसेर काम गर्दा पनि त्यति राम्रो नभएर फर्कनुभएका बिन्दुको तरकारी खेतिको यात्रा १५ सय बिउ पुँजीबाट शुरु भएको हो । १५ सयबाट व्यवसायिक कृषि खेति गर्नुभएका विन्दुलाई तरकारी खेतिले सफल कृषकको पहिचान दिलाएको छ । 
खवास कृषि तथा पशुपालन फर्म दर्ता गरे व्यवसायिक कृषक बन्नुभएका बिन्दुले तरकारी खेतिबाटै गाउँमै आरसिसी घर बनाउनुभएको छ भने छोराको शिक्षादेखि परिवारको जिम्मेवारी समेत निभाउँदै आउनुभएको छ । यो पटक बिन्दुको २ हलको खेतमा लटरम्म टमाटर र काँक्रा फलेका थिए । यस पटकको फसलले केहि बचत गर्ने सपना बिन्दुको थियो तर शनिबार परेको असिनाले उहाँको सपना चकनाचुर पारिदिएको छ । बिन्दुले भन्नुभयो, “अहिलेसम्मको कमाईले घर बनाएँ, छोरा पढाए, घरका जिम्मेवारी पुरा गरेँ यो पटकको उत्पादनबाट केहि बचत गर्ने सपना थियो तर १० मिनेटको असिनाले यो सपना चकनाचुर बनाईदियो ।” 
८०० बोटमा लटरम्म फलेका टमाटर र ४०० बोटमा फलेका काक्रा क्षणभरै भुइँभरी भए अनि बिन्दुको सपना पनि चकनाचुर भएको हो । टमाटर, काक्रा र सिमि गरेर ३ लाखको क्षति भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “डेढ क्वीन्टल काक्रा बजारमा पठाईसकेको थिएँ । टमाटर बजार लैजान तयारी अवस्थामा थियो । टमाटरको एक दाना पनि निकालेका थिएनौँ । छोरा समेत जेटिए पढाउनुभएका खवासको कृषि खेतिमा छोरा र श्रीमतीको निकै साथ र सहयोग छ ।” 
यसपटकको भक्तपुरे लोकल एफ वान काक्रा निकै रहरलाग्दो फलेको भएपनि टमाटर र काक्राबाट लगानी समेत उठाउन नसकिएपछि उहाँ निकै चिन्तित हुनुभएको छ । साढे दुई सय बोट सिमि, काक्रा र टमारटरले असार सम्म फल दिने भएपनि यो पटक भने बिन्दुको खेत रित्तो बनेका छन् । अगाडिको वर्षहरुमा बिमा गरिएपनि यो पटक भने नेपाल सरकारबाट आउने ८० प्रतिशत प्रिमियम भुक्तानी नगरीदिएपछि बिमा कम्पनीले बीमा गरेका थिएनन् । 
बोयर जातको बाख्रापालनलाई समेत अगाडि बढाउनुभएका बिन्दुको बाख्राको भने बिमा रहेको बताउनुभयो । वास्तविक कृषक निवेदन लिएर वडा तथा नगरपालिका धाउन नसक्ने भन्दै स्थानीय सरकार कृषकको क्षतिको विवरण संकलन गर्न आउनुपर्ने उहाँको माग छ । त्यस्तै नगरपालिका कृषि साखा प्रमुख केशबहादुर थापाका अनुसार वालिङ १३ मा मेगनाथ गौतमको ९ रोपनीमा लगाएको लहरे तरकारी बाली, मन्जु रासकोटीको तरकारी तथा कुखुरा, यज्ञ पाठकको तरकारी खेति र लालबहादुर एसकेको ५ रोपनी तरकारी खेतिमा क्षति पु¥याएको जानकारी आएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...