अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विद्युत महशुल वृद्धिको विरुद्धमा नेपाली कांगे्रसको ऐक्यवद्धता

news

 
रेडियो आँधीखोला
वालिङ, ७ जेठ । 
नेपाली कांगे्रस स्याङ्जाले विद्युत महशुल वृद्धिको विरुद्धमा ऐक्यवद्धता जनाएको छ । यही जेष्ठ १ गतेबाट लागू हुने गरी विद्युत नियमन आयोग मार्फत बुटल पावल कम्पनी लिमिटेड, आँधीखोला विद्युत वितरण केन्द्रको विद्युत महशुल वृद्धि गर्ने सम्बन्धमा गरिएको एकतर्फी निर्णयप्रति नेपाली कांगे्रस स्याङ्जाले गम्भीर ध्यानार्कषण जनाएको हो । 
जिल्ला कार्यबहाक सभापति केदार काफ्लेद्धारा हस्ताक्षरित विज्ञप्तिमा विद्युत महशुल वृद्धिको सम्बन्धमा राजनितिक दल, सेवाग्राही, तथा सरोकारवालाहरुले बुटवल पावर कम्पनी र विद्युत नियमन आयोगमा संयुक्त विज्ञप्ति बुझाईसकेको र हाल गरिएको विद्युत महशुल वृद्धिको निर्णयले लाभग्राहीलाई ठुलो मर्का परेको उल्लेख गरिएको छ । विद्युत महशुल वृद्धि तुरुन्त फिर्ताको लागी नेपाली कांगे्रस स्याङ्जाले माग गर्दै राजनितिक दल सरोकारावाला तथा उपभोक्ता हरुले मुल्य वृद्धि फिर्ता गर्नका लागी गरेको आन्दोलनप्रति नेपाली कांगे्रसले ऐक्यवद्धता जनाएको विज्ञप्ति मार्फत जनाएको हो । 
यसैबीच विद्युत शूल्क बृद्वि विरुद्व संयुक्त संघर्ष समितिले मिटर रिडिङका लागि कर्मचारी तथा ग्राहक संस्था नपठाउन बुटवल पावर कम्पनी आँधिखोला वितरण केन्द्रलाई अनुरोध गरेको छ ।  संघर्ष समितिका संयोजक श्यामप्रसाद बस्याल नेतृत्वमा गएको समितिको टोलीले मिटर रिडिङका लागि कर्मचारी नपठाउन बुटवल पावर कम्पनीलाई आग्रह गरेको हो । 
 
कम्पनीको गल्याङ शाखामा पुगेर संघर्ष समितिले विद्युत महसुल बृद्वि विरुद्व आन्दोलन जारी रहेको अवगत गराउँदै आन्दोलनको निश्कर्ष ननिस्कदासम्म मिटर रिडिङ नगर्न भनेको छ ।  समितिका संयोजक बस्यालले शूल्क फिर्ता नहुन्जेल आन्दोलन कुनै हालतमा नरोकिने भन्दै आन्दोलनका क्रममा क्षति भए त्यसको जिम्मेवारी कम्पनीले नै लिनुपर्ने बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...