अहिले तरंगमा

केहि छिनमा

समाचार

पोलियो रोग विरुद्धको खोप सम्बन्धी भीरकोटमा गोष्ठी

news

 
रेडियो आँधीखोला
वालिङ, ९ जेठ ।
आइपिभी खोप अभियान सञ्चालन भएसङ्गै २०७३ साल वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएर पोलियो रोग विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप अभियान शुरु हुँदैछ । खोप अभियान संचालनका लागी जिल्लाका स्थानीय तहहरुमान खोप सम्बन्धी गोष्ठीको आयोजना गरिएको छ । बुधबार भीरकोटमा आईपिभि खोप अभियान २०८१ मा खोप लगाईदिने स्वास्थ्यकर्मी, विद्यालयका प्रतिनिधिहरुको लागी गोष्ठी गरिएको हो । गोष्ठीमा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नेपाललाई पोलियो मुक्त बनाउने यो अभियानलाई सफल पार्न सबै आ–आफ्नो स्थानबाट प्रतिवद्ध भएर लाग्नुपर्ने बताउनुभयो । हरेक बालबालिकालाई दिर्घ र सवल जिवनका लागी स्थानीय तह तथा राज्यले गर्नुपर्ने सबै दायित्व निर्वाह गर्नुपर्ने नगरप्रमुख कर्माचार्यले बताउनुभयो । 
कार्यक्रममा नगरपालिका  निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं शिक्षाा साखा प्रमुख विष्णुप्रसाद कोईराला, सहभागि पब्लिक एकेडेमी माविका सहायक प्रधानाध्यापक रिवनकुमार विश्वकर्मालगायतले बोल्नुभएको थियो । गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक द्धोय मनिषकुमार महतो र रामदेव शाहले स्वास्थ्यकर्मीले दिने खोपको मात्रा, विद्यालयले गर्नुपर्ने भुमिका, स्वास्थ्यकर्मीले अपनाउनुपर्ने तरिका, बालबालिकाको लक्षित उमेर समूहलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ११ स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिध, ३० विद्यालयका विद्यालय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सिनियर अहेब श्रीराम अर्याल र स्वागत स्वास्थय साखा प्रमुख अन्जु सापकोटाले गर्नुभएको थियो ।  
बालबालिकालाई आइपिभी खोपबाट बन्चित नहोउन् भन्ने उद्देश्यका साथ जिल्लाका ४ सय ५० भन्दा बढी स्थानमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरी खोप अभियान संचालन गरिँदैछ । नेपालभर यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्नका लागि आइपिभी खोप अभियान सञ्चालन गरिएको बताउँदै स्याङ्जामा पनि सबै बालबालिकालाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जामा १३ देखि २५ गतेसम्म यो खोप अभियान संचालन हुनेछ भने भीरकोटमा १६ गतेदेखि  २० गतेसम्म खोप लगाउने कार्यक्रम संचालन हुनेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...