अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नेपाल प्रेस युनियन स्याङ्जा साखाले ३३औँ स्थापना दिवस मनायो

news

 
रेडियो आँधीखोला
वालिङ, १३ जेठ ।
नेपाल प्रेस युनियन स्याङ्जा साखाले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाल प्रेस युनियनको अभियान, भौतिक पेशागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान भन्ने मुल नाराका साथ पे्रस युनियन स्याङ्जा साखाले स्थापना दिवसको अवसरमा गह्रौँ प्राथामिक अस्पताल वालिङमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको हो । 
फलफुल वितरण पश्चात गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जा साखाका वरिष्ठ उपाध्यक्ष राधाकृष्ण डुम्रेले नेपालको लोकतन्त्र प्राप्ति होस या मुलुकमा सुशासन स्थापनाका लागी होस हरेक कार्यमा पत्रकारहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । साथै वरिष्ठ उपाध्यक्ष डुम्रेले पत्रकारले मुलुक संकट परेका बेला कलमको माध्यमबाट देशलाई अगाडि बढाउन मद्दत गरेको बताउनुभयो । 
कार्यक्रममा प्रेस युनियनका निर्वतमान अध्यक्ष प्रदिप कोईराला, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष मणिप्रसाद अर्याललगयातले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पत्रकारहरु थप शसक्त भएर मुलुक परिर्वतनका लागी लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम प्रेस युनियनका जिल्ला अध्यक्ष तोलाकान्त बगालेको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव शंकर सुवेदीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...