अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोटमा आगामी निति तथा कार्यक्रमका विषयमा सरोकारवालासंग अन्र्तक्रिया

 
रेडियो आँधीखोला
वालिङ, १५ जेठ ।
भीरकोट नगरपालिकामा आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमको विषयमा सरोकारवालासंग छलफल गरिएको छ । भीरकोटले आउँदै गरेको आर्थिक वर्ष २०८१÷०८२ मा कस्तो प्रकारको कार्ययोजनाहरुलाई आफ्ना नीती तथा कार्यक्रममा समेटेर बजेट ल्याउने भन्ने विषयमा छलफल गरेको हो । जनप्रतिनिधि, निर्वतमान जनप्रतिनिधि, राजनितिक दल, बुद्धिजिवी, समाजसेवीलगायतको सहभागिता रहेको छलफलमा शैक्षिक गुणस्तर वृद्धि, कृषि, पुर्वाधार विषयमा छलफल भएको छ । 
कार्यक्रममा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले निर्वतमान जनप्रतिनिधि, राजनितिक दल, बुद्धिजिवी सबैको राय सुझाव अनुसार नगरपालिका अगाडि बढ्ने भन्दै नगरको विकासका लागी सबैको हातेमालो आवश्यक रहने बताउनुभयो । भीरकोटलाई समृद्ध बनाउका लागी एकल प्रयासले संभव नभएको भन्दै आगामी निति तथा कार्यक्रम र बजेट भीरकोटको स्थानियको हितमा हुने बताउनुभयो । 
आगामी वर्षको निति तथा कार्यक्रमले भीरकोटमा शैक्षिक गुणस्तर वृद्धि हुने, कृषिमा आत्मनिर्भर हुने, पुर्वाधार विकासले थप गति लिने नगरप्रमुख कर्माचार्यको भनाई थियो । कार्यक्रममा आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा शैक्षिक गुणस्तरको लागी खुसी पाठ्यक्रमलाई समेटेर लागू गर्ने निर्णय गरिएको छ । कार्यक्रममा उपप्रमुख भगवती अर्याल, निर्वतमान नगरप्रमुख छायाराम खनाल, निर्वतमान उपप्रमुख सिमा कर्माचार्य, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानालगायत वडा अध्यक्षहरु, निर्वतमान वडा अध्यक्ष तथा सदस्यहरुको सहभागिता थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...