समाचार
सगरमाथा आरोही पौडेललाई जन्मभुमिमा अभिनन्दन
वालिङ, १६ जेठ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथामा पालिकाको झण्डा र अन्धाअन्धी तथा श्रवणकुमारको तस्बिर फहराउने सुरज पौडेललाई जन्मभुमि स्याङ्जाको आँधिखोला गाउँपालिकाले अभिन्न्दन गरेको छ । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत आँधिखोला गाउँपालिका –२ चिलाउनेबासका ३६ वर्षीय पौडेलले सरगरमाथामा सफल आरोहण सँगै पालिकाको झण्डाँ र अन्धाअन्धी तथा श्रवण कुमारको तस्बिर फहराउनु भएको थियो ।
गत चैत २० गते शेर्पा एक्स्ट्रिम प्रालि मार्फत सगरमाथा आरोहणमा जानु भएका पौडेलले जेठ ७ गते बिहान १० बजेर २० मा सफल आरोहण गर्नु भएको थियो । पौडेललाई प्रदेश सभा सदस्य सुधिर कुमार पौडेल, गाउँपालिका अध्यक्ष बिश्व पौडेलले बुधबार खादा, माला लगाएर अभिनन्दन पत्रले सम्मान गर्नु भएको हो । सर्बोच्च शिखर सगरमाथाँमा झण्डा फहराएर र पालिकालाई बिश्वमै चिनाएको प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले बताउनुभयो ।
पालिकाको शिर उचो राखेको बताउदै पौडेलले जिल्लाको पहिलो सगरमाथाँ सफल आरोही रहेको समेत बताउनुभयो । सगरमाथा आरोही पौडेललाई पालिकको प्रवेद्धारबाट पालिकाको गाडीमा बाजाँ गाजाँ सहित पालिका कार्यालय लगिएको थियो । पालिका कार्यालयमा अभिनन्दन पश्चात पौडेललाई बाजाँगाजाँ सहित नै घरै पु¥याइएको हो ।
अभिनन्दन पश्चात आरोही पौडेलले आफुले जन्मभुमिको झण्डा र घर नजिकैको धार्मिक स्थल अन्धाअन्दीको तस्बिर फहराएको बताउदै अभिनन्दन गरेर थप ऋणि बनाएको बनाएको बताउनुभयो । पालिकाको अभिनन्दन कार्यक्रममा आमाँ समुह, युवा क्लब, पालिकाका जनप्रतिनिधी सहितको सयौको उपस्थिति रहेको थियो । पालिकाको अभिनन्दनमा मुक्तिनाथ बहिनीका बाहिनीपति कालिदाश धौबजीको समेत उपस्थिति रहेको थियो ।