अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

लेखक अञ्जना पौडेलको उपन्यास ‘चरिमाई’ माथि स्याङ्जामा विमर्श

 
रेडियो आँधीखोला
वालिङ, १९ जेठ ।
लेखक अञ्जना पौडेलको उपन्यास ‘चरिमाई’ माथि स्याङ्जामा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान स्याङ्जाको आयोजनामा वालिङ –६ मिर्दीमा ‘चरिमाईको विमर्श गरिएको हो । परिचर्चा कार्यक्रममा समीक्षक शम्भु अर्याल र अनन्त अर्यालले पुस्तकको समीक्षात्मक टिप्पणी राख्नुभयो । पुस्तकमा महिला बेचबिखन र महिला हिंसाका सन्दर्भलाई लेखकले चर्चा गर्नुभएको छ ।  
नेपाली समाजका कथालाई चरिमाई उपन्यासमा जोड्ने कोसिस गरेको लेखक पौडेलले बताउनुभयो । पौडेलले समाजमा अझैसम्म व्याप्त रहेका आम विषयवस्तु र नुवाकोट तथा रसुवा बसाइँका क्रममा त्यहाँ देखेको कुरालाई उपन्यासको कथा बनाएको बताउनुभयो । कार्यक्रममा कवि मिलन समीरले सहजीकरण गर्नु भएको थियो । 
यस्तै, दोस्रो चरणमा साहित्यकार लेखनाथ काफ्ले, शिला शाही, मञ्जुश्री अधिकारी, बोधराज न्यौपाने, सिजन अर्याल, स्मारिका अर्याल, गोपालप्रसाद न्यौपाने, विष्णु पङ्गेनी पाण्डे, नम्रता केसी, दर्शन पाठक, मिलन समीर र वसन्त खनालले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...