अहिले तरंगमा

केहि छिनमा

समाचार

शुभयात्रा नेपालकोे वालिङमा वडास्तरीय समिति गठन

news

 
रेडियो आँधीखोला
वालिङ, १९ जेठ ।
शुभयात्रा नेपालकोे वालिङमा वडास्तरीय समिति गठन गरिएको छ । नगरस्तरीय समिति पश्चात शनिबार वडास्तरीय भेला गरि समिति गठन गरिएको हो । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष दामोदर तिवारीले पवित्र लक्ष्य लिएर अगाडि बढेको शुभयात्रा नेपालको साथमा आँफू रहेको भन्दै वालिङ धार्मिक पर्यटकीय रुपमा भरिपुर्ण रहेको बताउनुभयो । 
कार्यक्रममा २०५४ सालमा स्थापना गरिएको संस्थाले कालीगण्डकी सभ्यतालाई बचाउन पाल्पाको हुँगीबाट अभियान शुरु गरेको, क्यान्सर अस्पताल निर्माण शुरु गरेको, गाईको संरक्षणको लागी गौ निकुञ्ज निर्माण गर्न पहल थालेको, र फोहोरमुक्त सुन्दर नेपाल निर्माण गर्दै पर्यटनको विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको शुभयात्रा २३ जिल्लामा विस्तार गरिएको शुभयात्रा नेपालका केन्द्रिय अध्यक्ष मधुसुदन गैह्रेले बताउनुभयो । 
कार्यक्रममा शुभयात्रा नेपालका केन्द्रिय सचिव दिपक लम्साल, शुभयात्रा नेपालका आजिवन सदस्य पदमप्रसाद पाण्डे, शुभयात्रा नेपाल वालिङ नगर संयोजक रामचन्द्र काफ्ले, सचिव धु्रव पंगेनीलगायतले बोल्नुभएको थियो । कार्यक्रम शुभयात्रा नेपालका जिल्ला सदस्य तथा कार्यक्रम संयोजक सुर्यप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थिया भने संचालन आजिवन सदस्य विमल अर्यालले गर्नुभएको थियो । 
भेलाले शंकर सुवेदीको संयोजकत्वमा शुभयात्रा नेपालको वडा स्तरीय समिति गठन गरेको छ । समितिको सहसंयोजकमा मेनुका गैह्रे, सचिवमा नारन सुवेदी, सहसचिवमा मनोज तिवारी, कोषाध्यक्षमा लक्ष्मी गैह्रे रहनुभएको छ भने सदस्यहरुमा कमल सुवेदी, कृष्ण काफ्ले, कल्पना कोईराला, मिना कोईराला, बुद्धिसरा थापा, मञ्जु गुरुङ रहनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...