अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

उत्पादनको जिम्मा नगरपालिकाले लिन्छ ः नगर उपप्रमुख तिवारी

news

 
वालिङ, जेठ २५ ।
स्याङ्जाको वालिङ नगरपालिकाले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिनु सुरु गरेको छ । वालिङ नगरपालिकामा सञ्चालनमा रहेको वालिङ कृषि विकास परियोजना अन्तर्गत वडा नं.२ मा तीन दिने तालिम सुरु भएको हो । तलिमको शुभारम्भमा बोल्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले साना किसानलाई उत्पादनमा जोड्न पालिकाले विभिन्न काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो,“उत्पादन बृद्धि भएमा मात्रै कृषकले आर्थिक लाभ लिन सक्छ ।”
कृषकले उत्पादन गरेको सामाग्रीको बजारको जिम्मा नगरपालिकाले लिने भन्दै उपप्रमुख तिवारीले बजारको चिन्ता नगर्न कृषकलाई आग्रह गर्नुभयो । छिटो र दिगो उत्पादन हुने कृषि खेती तर्फ ध्यान दिन उपप्रमुख तिवारीको सुझाव छ । कार्यक्रममा वालिङ नगरपालिका वडा नं.२ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले अर्गानिक कृषि खेती तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो । उत्पादन धेरै गर्ने र लगानी कम गर्ने तरिका अपनाउनु पर्ने उहाँको भनाई छ । वडाले कृषकलाई ध्यानमा राखेर काम गरिरहेको जानकारी दिनभयो । 
कार्यक्रम अन्तर्गत प्रदान गरिने कृषि औजारमा ७५ प्रतिशत अनुदान दिन आवश्यक रहेको भन्दै वडा अध्यक्ष लम्सालले पालिकाको तर्फबाट यसलाई ध्यानमा राख्नु पर्ने बताउनु भयो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मूलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा तीन दिने आधारशिला तालिम दिईएको हो ।
वालिङ नगरपालिका २ को हरियाली स्वावलम्वन महिला कृषक समूहका ३५ जना महिला सदस्यहरु तलिममा सहभागीता रहेको छ । तालिममा वालिङ कृषि विकास परियोजनाका कर्मचारीहरु सुस्मिता पौडेल र माया कुँवरले सहजीकरण गर्नुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...