समाचार
ब्राम्हण समाज नेपाल वालिङको दोस्रो अधिवेसन अध्यक्षमा लोकनाथ अर्याल (केशव)
रेडियो आँधीखोला,
वालिङ १ असार ।
ब्रह्मण समाज नेपाल वालिङको दोस्रो अधिवेसनले लोकनाथ अर्याल (केशव) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । शनिबार वालिङ ८ केदारनाथ मन्दिर परिसरमा सम्पन्न साधारण सभा तथा दोस्रो अधिवेसनले अर्यालको अध्यक्षतामा २० सदस्यीय समाजको नगरसमिति निर्वाचित गरेको हो । उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने, सचिवमा शुभद्रा रेग्मी, कोषाध्यक्षमा कविता भुषाल र सहसचिवमा सिता पाण्डे डुम्रे रहनुभएको छ । अन्य सदस्यहरु रहेका छन् ।
साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै ब्राम्हण समाजका केन्द्रिय सदस्य श्यामप्रसाद रेग्मीले समाजलाई सक्रिया र क्रियाशिल बनाई ब्राम्हण संस्कार र संस्कृतिका बारेमा प्रसारप्रसार गर्दै नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा समाजका जिल्ला अध्यक्ष पुण्यप्रसाद तिमिल्सीना, खगेन्द्रप्रसाद अर्याल, माधव रेग्मी, समाजका पुतलीबजार नगरसमिति अध्यक्ष लगायतले बोल्नुभएको थियो । कार्यक्रममा ब्राम्हण समाज वालिङका अध्यक्ष चिरञ्जीवी अर्यालले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष अर्यालकोे सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत नेत्रप्रसाद अर्याल र संचालन भुपराज बगालेले गर्नुभएको थियो ।