समाचार
वालिङमा रहेको शसस्त्र गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट
रेडियो आँधीखोला
वालिङ, ३ असार ।
वालिङ ८ घ्याङलीङमा रहेको शसस्त्र गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट बनेको छ । शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जा गण्डकी प्रदेशकै उत्कृष्ट बनेको छ । ४४८.९६ अर्थात ७३.६० प्रतिशत अंक सहित देशभरकै चौँथो र गण्डकी प्रदेशमा प्रथम स्थान प्राप्त गर्दै उत्कष्ट बनेको हो । शसस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयको २३औँ स्थापना दिवको अवसरमा शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म पुरस्कृत भएको हो ।
शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जाका गुल्मपति शसस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीलाई प्रशंसापत्र हस्तान्तरण गर्नुभएको थियो । प्रदेशकै प्रथम स्थान हासिल गरेको शसस्त्र प्रहरी बल नेपाल केन्द्रिय निरीक्षण एवं उत्कृष्ट ईकाईहरुको छनौट तथा ईकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० को निरीक्षणको क्रममा गण्डकी प्रदेश अन्र्तगतको गुल्महरु मध्ये उत्कृष्ट गुल्म हुन सफल भएको शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मका गुल्मपति देवराज जोशीले बताउनुभयो ।