समाचार
स्याङजामा गतवर्ष भन्दा यो आर्थिक वर्ष घरेलु हिंसा घटना कम
रेडियो आँधीखोला
वालिङ, ३ असार ।
स्याङ्जामा घरेलु हिंसाका घटना कमहुँदै गएको देखिएको छ । जिल्लाप्रहरी कार्यालय स्याङ्जामा उजुरीको तथ्यांक हेर्दा गतवर्ष भन्दा यो आर्थिक वर्ष घरेलु हिंसा घटना दर्ता कम देखिएको छ । गतआर्थिक वर्ष २०७९÷०८० मा जिल्ला प्रहरी कार्यालयमा घरेलू हिंसाका घटना ६१ ओटा दर्ता भएका थिए । जसमा ५७महिला र ४ जनापुरुष घरेलू हिंसामा परेका थिए । ति ६१ घटना मध्ये ५० ओटा मिलापत्र गरिएको थियो भने ११ ओटा घटना अदालती प्रक्रियामा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी इन्द्रबहादुर रानाका अनुसार पछिल्लो समय जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका प्रहरी चौकीहरुले समुदायस्तरमा सचेतना मुलक कार्यक्रम संचालन गर्दै आएकाकारण पनि घरेलु हिंसा कमहुँदै गएको हो । प्रहरी कार्यालयले विद्यालय, विभिन्न समुदायमा घरेलु हिंसा, लागू पदार्थ दुव्यर्सनी, सवारी दुर्घटना सम्बन्धी विभिन्न कार्यक्रम गर्ने, पर्चा पम्लेटहरु टाँस्ने वितरण गर्ने संचार माध्यमबाट चेतनामुलक अडियो भिडियोहरु समेत सम्पे्रषण हुँदै आएको प्रनाउ रानाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गतवर्ष दर्ता भएका ६१ घरेलु हिंसा मध्ये १७ ओटा कुटपिटको, २९ झैझगडा र १५ हेलाहोँचोका घटनाहरु छन् ।चालु आर्थिक वर्ष २०८०÷०८१ सकिन एक महिनाबाँकी रहँदाजिल्लामा जम्मा २३ ओटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । गतवर्ष भन्दा यो वर्ष अहिले सम्म आँधा भन्दा कम घटना दर्ता भएका छन् ।
यो आर्थिक वर्षको अहिलेसम्म प्रहरी कार्यालयमा दर्ता भएका घरेलु हिंसाका घटनाहरु मध्ये २१ जना महिला र २ जना पुरुष पिडित भएका छन् । दर्ता भएका घरेलु हिंसाका घटनामा २० मिलापत्र गरिएको २ अदालती प्रक्रियामा गएको र बाँकी एउटा घटनाको अनुसन्धान भईरहेको छ । ति घटनाहरुमा १५ कुटपिट, ५ झैझगडा र ३ हेलाहोँचोका घटनाहरु रहेका छन् ।
२०७४ को स्थानीयतहको निर्वाचन पछि स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षकै संयोजकत्वमा न्यायिक समिति गठन गर्ने र आफ्ना स्थानीय तहमा हुने घटनाहरु न्यायिक समितिले हेर्ने प्रावधान भएको र उक्त घटनाहरु स्थानीय तहमै मिल्ने गरेका छन् ।
पछिल्लो समय यस्ता घटना दर्ता कम हुनुको कारण स्थानीय तहमा रहेको न्यायिक समिति र वडा स्तरमा रहेका मेलमिलाप सेवा केन्द्रहरुको न्यायिक सम्पादनले पनि ठुलो भुमिका खेलेको वालिङ नगरपालिका वडा नं. ८ का मेलमिलापकर्ता संयोजक शान्ता थापा बताउनुहुन्छ । आँफू संयोजक भईसकेपछि वडा नं. ८ मामात्रै २ ओटा घरेलु हिंसाका घटना मेलमिलाप केन्द्रमा आएको संयोजक थापाले बताउनुभयो । वालिङमा मेलमिलाप संयोजकको समयअवधि ६÷६ महिनाको तोकिएको हुन्छ । समुदायमा हुने घरेलु हिंसा, लेनदेन, जग्गा कारोबारी सम्बन्धी घटनाहरु प्रकृतिअनुसार वडाको मेलमिलाप केन्द्र तथा न्यायिक समितिले पनि सम्पादन गर्दै आएको छ ।
यसैबीच गतवर्ष भन्दा यो वर्ष मानिस हराएको घटना पनि कम देखिएको छ । गतवर्ष मानिस हराएको निवेदन १६३ ओटा दर्ता भएको थियो भने यो वर्षको अहिलेसम्म ८८ निवेदन गरेका छन् । गत वर्ष महिला ७८, पुरुष ५६, बालिका ३० र बालक २२ गरी १८६ मानिस हराएका थिए भने यो वर्षको अहिलेसम्म ४७ महिला, १९ पुरुष, १९ बलिका र ७बालक गरी ९२ हराएका थिए् । हराएको मध्ये चालु वर्षमा १५ पुरुष, ३५ महिला, ८ बालक र १८ बालिकागरी ७६ जना भेटिएका छन् भने गतवर्ष हराएका मध्ये ७१ महिला, २७ बालिका र पुरुष र बालक गरी ६२ गरी १६० जना भेटिएका थिए ।