समाचार
स्व. रेग्मीको योगदान अतुलनीय, उपसभापति गुरुङ
वालिङ, १५ असार ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले पार्टी संगठन निर्माण र सिङ्गो स्याङ्जा कांग्रेसका लागी स्व. खगेन्द्र राज रेग्मीको योगदान अतुलनीय रहेको बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जाका पुर्व सभापति स्व.खगेन्द्र राज रेग्मिको ४५ औं दिनको पुण्य तिथिमा स्याङ्जा कांग्रेसले आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा शोक मन्तव्य राख्दै उपसभापति गुरुङ्ले स्व नेता खगेन्द्र राज रेग्मीले देखाएको बाटोमा हिड्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य सरस्वती अर्याल तिवारी, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी,संविधान सभा सदस्य मोहन प्रसाद पाण्डे, गण्डकी प्रदेश सभा सदस्य महेश भट्राई,भोजराज अर्याल, स्याङ्जा काँग्रेसका नेताहरु भागवत् प्रकास मल्ल, छायाराम खनाल, बुद्धिबहादुर राना कुमार, श्री प्रसाद जि टी, विश्वप्रेम अधिकारी, अजित क्षेत्री, उर्मिला गुरुङ्, विष्णु पौडेल, युवराज पाण्डे, तारापति सुवेदी, प्रेमराज पौडेल, गोविन्द कुमार कर्माचार्य लगायतले स्व.नेता रेग्मीले स्याङ्जा कांग्रेसलाई दिनुभएको उर्जा र योगदानको बारेमा चर्चा गर्दै शोक मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
नेपाली कांग्रेस स्याङ्जाका पार्टी सभापति तथा प्रतिनिधि सदस्य राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगेस स्याङ्जाका कार्याबाहक सभापति केदार काफ्लेले स्वा. नेता रेग्मीको जीवनी प्रस्तुत गर्नुभएको थियो भने सचिव दामोदर लम्सालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।