अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

पहिरो प्रभावितहरुलाई काँग्रेस उपसभापति गुरुङको आर्थिक सहयोग

news

 
वालिङ, ३ साउन । 
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले बिहीबार स्याङ्जाका पहिरो प्रभावित क्षेत्रहरुको निरीक्षण गर्नुभएको छ । गत असार २१ गतेदेखि २३ गतेसम्म भएको अविरल वर्षाकाकारण बाढी तथा पहिरोले क्षति पु¥याएका स्याङ्जाका भीरकोट, वालिङ र गल्याङ नगरपालिकाका विभिन्न बस्ती तथा खेतीयोग्य भूमिको निरीक्षण गर्नुभएको हो ।
 
विशेषगरी पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवार र बास गुमाएका परिवारलाई उहाँले ब्यक्तिगतरुपमा जनही दश हजार सहयोग उपलब्ध गराउनुभएको थियो । पूर्व मन्त्रीसमेत रहनुभएका गुरुङले आजै भीरकोट नगरपालिका ५ को ज्यामिरेमा गत असार २२ गते दिउँसो पहिरामा पुरिएर ज्यान गुमाउनुभएकी ७४ वर्षीया ख्यामकुमारी मल्लको परिवारलाई रु. दश हजार उपलब्ध गराउनुभएको हो ।
 
त्यस्तै भीरकोट ६ को फोक्सिङमा घरमाथिबाट आएको पहिरोले स्थानीय भक्तबहादुर थापाको घर पुरिएको छ । घरबारविहीन हुनुभएका थापा छिमेकीकोमा बस्दै आउनुभएको छ । थापाको परिवारलाई उहाँले नगद रु. दश हजार सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
 
“नागरिकहरु दुःखमा परेका बेला यहाँको जनप्रतिनिधि भएको नाताले आँफूले ब्यक्तिगतरुपमा जे सकें त्यो सहयोग गरें” उहाँले भन्नुभयो, “जनधनको क्षति भएकालाई क्षतिपूर्तिकालागि ब्यवस्था र आवास निर्माणकालागि आवश्यक पहल गर्नेछु ।” भीरकोट ५ को ज्यामिरे र ६ को फोक्सिङमा पहिरोकाकारण ८ घर जोखिममा छन् भने बाढी र पहिरोकाकारण पशुचौपाया, गोठ, जमिनमा क्षति पुगेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...