अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा साइनभिलेज इन्टरनेशनल एकेडेमीद्धारा सडक नाटक प्रदर्शन

news

 
रेडियो आँधीखोला
वालिङ, ४ साउन ।
वालिङमा साइनभिलेज इन्टरनेशनल एकेडेमीले सडक नाटक प्रदर्शन गरेको छ । जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले सडक नाटक प्रदर्शन गरेको हो । एकेडेमीद्वारा आयोजित कार्यक्रममा आफ्ना विद्यार्थीहरुद्वारा अभिनित सडक नाटकसँगै नृत्य एवम् गायन प्रदर्शन गरिएको थियो । गल्याङ नगरपालिकाको १ नम्वर वडा अन्तर्गत रामदीस्थित वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुको सहयोगार्थ सडक नाटक प्रदर्शन गरिएको एकेडमीले जनाएको छ । जेष्ठ नागरिक सहयोगार्थको व्यानरसहित वालिङको मुख्य बजारको चोक (मोड) मा नाटक प्रदर्शन गरिएको हो ।
विद्यार्थीहरुको अन्तरनिहित क्षमता विकाससँगै बालबालिकाहरुमा वृद्ध बाबा आमाहरु प्रति आदरभाव जागृत होस भनेर पनि उनिहरुद्वारा अभिनित सडक नाटक प्रदर्शन गरिएको एकेडेमीका संयोजक तेजप्रसाद पङ्गेनीले जानकारी गराउनुभयो । आज पहिलो कार्यक्रम गरिएको र आगामी दिनमा क्रमशः रामबाच्छा, बयँरघारी, बायँटारीलगायतका मुख्य बजारहरुमा पनि समय मिलाएर गर्दै जाने संयोजक पङ्गनीले बताउनुभयो । आगामी कार्यक्रमहरु अन्य क्षेत्रको सहयोगार्थ गरिने संयोजक पङ्गेनीले बताउनुभयो ।
वृद्ध बाबा आमाहरुको सेवा गर्नु हामी सबैको दायित्व हो, त्यसैले विद्यार्थीहरुको कला कौशलतासँगै संस्थागत सहयोगका लागि सडक नाटक प्रदर्शन सुरु गरिएको एकेडेमीका अतिरिक्त कृयाकलाप संयोजक देवराज गैह«ेले बताउनुभयो । बालबालिकाहरुलाई पढाईसँगै आन्तरिक क्षमता विकासमा पनि सरिक गराउनुपर्छ भनेर एकेडेमीले अतिरिक्त क्रियाकलापमा कार्यक्रमलाई प्राथमिकता दिएको गैह«ेले बताउनुभयो ।
कार्यक्रममा नाटक प्रदर्शनसँगै चेतनामूलक कविता वाचन, बालबालिकाहरुद्वारा नृत्य एवम् गायन प्रस्तुत गरिएको थियो । बालबालिकाहरुद्वारा अभिनित नाटकलगायतका प्रस्तुतिले दर्शकहरुलाई निकै आकर्षित पारेको थियो । बालबालिकाहरु पनि आफ्नो कला प्रदर्शनमा निकै उत्साही देखिएका थिए । करिव एक घण्टाको कार्यक्रममा वालिङ मोड दर्शकहरुले भरिभराउ भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...