अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लायन्स क्लब अफ वालिङ ग्रिन होमद्धारा अर्खलबास र तमादीमा वृक्षारोपण

news

 
रेडियो आँधीखोला,
वलिङ ५ साउन ।
लायन्स क्लब अफ वालिङ ग्रिन होमले वालिङ १४ अर्खलबास र तमादीमा वृक्षारोपण गरेको छ । क्लबले २ सय भन्दा बढी कटहर, तेजपात, बडहर, राईखनियालगायतका बहुवर्षे विरुवाहरु रोपण गरेको हो । क्लबको आयोजना, शसस्त्र प्रहरी ३० नं. गुल्म र डायनमिक क्लबको सहयोगमा शनिबार दुर्घटनाग्रस्त दुई क्षेत्रमा वृक्षारोपण गरेको हो । स्थानीय निर्वाचन भएको दिन २०७९ बैसाख ३० गते सिख्रेबाट मतदाता लिएर मतदान केन्द्र तिवारीपसल जाने क्रममा अर्खलबासमा दुर्घटना हुँदा १४ जनाले मृत्युवरण गरेका थिए । त्यस्तै तमादीमा २०७७ साउन ८ गते माथिबाट आएको पहिरोले घर पुरिँदा एकै परिवारका ९ जनाको मृत्यु भएको थियो । ति दुई दुर्घटनाग्रस्त स्थानमा क्लबले शनिबार वृक्षारोपण गरेको हो । 
 
वृक्षारोपण कार्यक्रममा अवसरमा वडा नं. १४ का अध्यक्ष बोधराज कुँवर राजुले दुर्घटनाग्रस्त अर्खलबासमा सडक स्तरोन्नति गरी थप सहज बनाउने प्रयास गरिएको बताउँदै बिरुवाको संरक्षणका लागी वडा तथा स्थानीय क्रियाशिल हुने बताउनुभयो । दुर्घटनाग्रस्त स्थान अर्खलबासमा सडकलाई थप स्तरोन्नति र क्लबले रोपण गरेका बिरुवाहरुलाई हुर्काएर यो ठाउँलाई हराभरा बनाउने अध्यक्ष कुँवरले प्रतिवद्धता जनाउनुभयो । 
 
कार्यक्रममा लायन्स क्लब अफ ग्रिन होमका रिजन चियर पर्सन सजना कंडेलले सहज स्थानहरु हुँदाहुँदै पनि ग्रामिण क्षेत्रमागएर दुर्घटनाग्रस्त स्थानहरु वृक्षारोपणको लागी छनोट गर्नुको कारण थप जोखिमबाट जोगिनु नै रहेको बताउनुभयो । जहाँ विपद त्यहाँ लायन्सको उपस्थिति रहने भन्दै क्लब बिसुद्ध सामाजिक क्लब भएको कंडेलले बताउनुभयो । 
 
कार्यक्रममा लायन्स क्लबका जोन चियर पर्सन विजय कोईराला, लायन्स क्लबका अध्यक्ष स्वां श्रेष्ठ, डायनामिक क्लबका वरिष्ठ सल्लाहकार इश्वरीप्रसाद डुम्रे, थुमकालिका टोल विकास संस्थाका अध्यक्ष श्रषिराम कुँवर, लियो क्लबका अध्यक्ष संजोग थापालगायतले बृक्षारोपणसंगै विरुवाको संरक्षण आवश्यक रहने बताउनुभयो । कार्यक्रम क्लबका अध्यक्ष विष्णु खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत क्लबका सहसचिव रामु लुईटेलले गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा राष्ट्रिय ध्वजा अविवादन तारा काफ्लेले गर्नुभएको थियो भने संचालन सचिव लक्ष्मी कुँवर पौडेलले गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...