समाचार
ब्युटिपार्लर एसोसिएसन स्याङ्जाको अध्यक्षमा पमिला गुरुङ
रेडियो आँधीखोला,
वालिङ ५ साउन ।
ब्युटिपार्लर एसोसिएसन स्याङ्जाको अध्यक्षमा पमिला गुरुङ निर्वाचित हुनु भएको छ । नवगठित समितिको उपाध्यक्षमा माया गोर्खाली, सचिवमा नविना गुरुङ, सहसचिव रिमा थापा, कोषाध्यक्ष अरुणा थापा, सह कोषाध्यक्षमा लक्ष्मी शर्मा रहनु भएको छ । सदस्यहरुमा मन्जु भण्डारी, सजना श्रेष्ठ, गंगा बस्याल, संगिता एस्के, मिना रोका केसी, अन्जु शर्मा रेग्मी,रेखा पोख्रेल,अन्सु क्षेत्री,सलिमा मिया, रितु अर्याल क्षेत्री रहनु भएको एसोसिएसन स्याङ्जाका निवर्तमान् अध्यक्ष पुष्पा अर्याल रानाभाटले जानकारी दिनुभयो ।
ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेश, ब्युटि पार्लर एसोसिएसन स्याङ्जा, ब्युटिपार्लर एसोसिएसन कास्की, र ब्युटिपार्लर एसोसिएसन लेखनाथ एकाइको संयुक्त आयोजनामा पोखरामा भएको पदस्थापन कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिनु भएको हो । एसोसिएसन गण्डकी प्रदेश समतिको निर्वाचन समितिका संयोजक तथा कानुनी सल्लाहकार अधिवक्ता गिता आचार्यले चार वटै समितिका सदस्यहरुलाई सपथ खुवाउन भएको हो ।
ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेश समितिको अध्यक्षमा बबिता केसी कार्की , कास्कीको अध्यक्षमा छायाँ ढकाल, लेखनाथ ईकाईको अध्यक्षमा सोमा शर्मा निर्वाचित हुनु भएको छ । गण्डकी प्रदेश सदस्यमा स्याङ्जाबाट लिसु अधिकारी र पुष्पा अर्याल निर्वाचित हुनु भएको छ । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका महिला अध्यक्ष तथा ब्युटिपार्लर एसोसिएसन नेपालका संस्थापक एबं संरक्षक,बरिष्ट ब्युटिसियन चिनु गुरुङले नवनिर्वाचित समितिहरुलाई बधाई तथा शुभकामना दिनु भयो । कार्यक्रममा गुरुङले नयाँ जोस र जाँगरका साथ संस्थालाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । संस्थामा भएको कमी कमजोरीलाई सुधार गर्दै सामुहिक हितका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।