अहिले तरंगमा

केहि छिनमा

समाचार

एसईईको ग्रेड वृद्धिका लागी स्याङ्जाबाट २१ सय ३२ जना सहभागि हुँदै

 
रेडियो आँधीखोला
वालिङ, २३ साउन ।
स्याङ्जामा एसईईको ग्रेड वृद्धिका लागी २१ सय ३२ जना सहभागि हुँदै छन् । आजबाट शुरु हुने एसईईको गे्रडवृद्धिका लागी २१ सय ३२ जनाले फारम भरेको जिल्ला शिक्षा ईकाई कार्यालयका प्रमुख विश्वराज आचार्यले बताउनुभयो । स्याङ्जामा ६ वटा केन्द्रहरु तोकिएको छ । 
वालिङमा ३ र पुतलीबजार नगरपालिकामा ३ गरी ६ वटा केन्द्रहरुमा विद्यार्थीले एसईईको ग्रेड वृद्धिको परिक्षा दिनेछन् । स्याङ्जाबाट सबैभन्दा धेरै गणित विषयको गे्रड वृद्धिका लागी विद्यार्थीले परिक्षा दिँदैछन् । गणित विषयतर्फ १४ सय ९० जना, विज्ञान विषयतर्फ ११ सय ९५, अंगे्रजी विषयतर्फ ७८० जना विद्यार्थीले परिक्षा दिनेछन् । परिक्षा आजबाट शुरु भएर साउन ३१ गतेसम्म संचालन हुनेछ । परिक्षा विहान ११ बजेबाट शुरु हुनेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...