अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल महिला संघ स्याङ्जाले स्थापना दिवस मनायो

news

 
रेडियो आँधीखोला
वालिङ, २५ साउन ।
नेपाल महिला संघ स्याङ्जाले स्थापना दिवस मनाएको छ । नेपाल महिला संघको ७७औँ स्थापना दिवसका अवसरमा स्याङ्जामा अन्र्तक्रियात्मक कार्यक्रम गरि दिवस मनाएको हो । 
कार्यक्रममा नेपाली कांगे्रस गण्डकी प्रदेश उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले महिलाहरुको हकहितका लागी नेपाल महिला संघले आवाज उठाउँदै आएको बताउनुभयो । स्व. मंगलादेविको योगदानका कारण अहिले नेपालको राजनितिमा महिलाहरुको सशक्त सहभागिता रहेको बताउँदै २००४ सालमा स्थापना भएको महिला संघले राणाशासन विरुद्ध पनि आन्दोलन गरेको स्मरण गर्नुभयो ।  
कार्यक्रममा नेपाली कांग्रेस कार्यबहाक सभापति केदार काफ्ले,महिला संघ पुर्व केन्द्रिय सदस्यद्धोय हिरादेवि शर्मा र राजकुमारी गुरुङ, महिला संघ स्याङ्जाका पुर्व अध्यक्ष मखमली श्रेष्ठ, महिला संघ क्षेत्रिय अध्यक्षद्धोय गायत्री आचार्य र सुनिता उच्चैलगायतले बोल्नुभएको थियो । कार्यक्रममा अधिवक्ता विनिता नेपालीले नेपालीको राजनितिक ईतिहासमा महिलाहरुको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नेपाल महिला संघ स्याङ्जाका कार्यबहाक अध्यक्ष देवि अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सचिव बन्दना लम्साल र संचालन सचिव तारा मल्लले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...