अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पुनः सबैको भव्य उपस्थितिमा प्रशासन भवन उद्दघाटनको माग

news

 
वालिङ, ५ भाद्र ।
स्याङ्जाको वालिङमा रहेको ईलाका प्रशासनको भवन उदघाटन गरेको ताम्रपत्र स्थानीय जग्गा धनीहरुले ढाकिदिएका छन् । असार २२ गते उदघाटन मिति लेखिएको ताम्रपत्र गृहसचिव एकनारायण अर्यालले भदौ २ गते आएर उदघाटन गर्नुभएको थियो । जग्गादाताहरुलाई समेत खबर नगरी उदघाटन गरिएको भन्दै ईलाका प्रशासन कार्यालयमा जग्गादाताहरुले ज्ञापनपत्र सहित उक्त ताम्रपत्र पुन उदघाटन गर्नुपर्ने माग राखेर सेतो कपडाले ढाकिदिएका छन् । 
धु्रवराज पंगेनी, कपिलदेव शर्मापंगेनी, खड्ककुमारी खांण र विष्णुप्रसाद  पंगेनीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा ईलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ गरी मंगलबार ईलाका प्रशासन कार्यालयका प्रमुख सुभाषशर्मा पौडेललाई ज्ञापन पत्र बुझाईएको छ । भाडाको घरमा कटौँजेमा संचालन हुँदै आएको ईलाका प्रशासन कार्यालयलाई स्थानीयले १० वर्षअगाडि वालिङ ९ सुकौँदीमा निशुल्क जग्गा उपलब्ध गराई भवन निर्माणका लागी बजेट व्यवस्थापन गर्न स्थानीय बुद्धिजिविहरुको  निकै पहल भएर हाल भवन निर्माण सम्पन्न भई आफ्नै भवन सुर्कौँदीमा संचालनमा आएको छ । 
भवन उद्दघाटनमा सेवा लिने वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका, कालीगण्डकी, विरुवा र हरिनास गाउँपालिकाका जनप्रतिनिधि जग्गादाता, राजनितिक दल, संचारकर्मी, सेवाग्राही, सर्वसाधारणलगायत सबैको भव्य उपस्थितिमा हुने अपेक्षा गरिएपनि अचानक सिमित व्यक्तिहरुको सहभागितामा आईतबार उद्दघाटन गरिएको भनि सामाजिक संजालबाट थाहा पाएको भन्दै यो कार्यले सबैलाई दुखि तुल्याएको ज्ञापन पत्रमा उल्लेख छ। 
यो कार्यले यहाँका सबैलाई अपमानित बनाएको भन्दै हाल राखिएको उद्दघाटनको ताम्रपत्र हटाई सरोकारवालाहरुको सहभागितामा प्रचारप्रसार सहित भव्य र सभ्य रुपमा ईलाका प्रशासन भवनको उद्दघाटन अर्थपुर्ण रुपमा गर्न माग गर्दै गृहसचिवलाई पुनः निमन्त्रण गरी सम्पन्न गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 
यस विषयमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सुचना अधिकारी तथा सहायक प्रजिअ दीपक पौडेलले पुर्व निर्धारित समयमा भवन उदघाटन गर्न नसकिएकाले अनौपचारीक रुपमा भवन उदघाटन गरिएको जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...