अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको साधारणसभा सम्पन्न

news

 
वालिङ, ९ भाद्र ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति स्याङ्जाले २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । प्रतिष्ठानले सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमसहित आफ्नो २३ वार्षिक साधारणसभा शनिबार वालिङमा सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले लोक दोहोरीले नेपाली समाजको जीवन्तता दिने बताउनुभयो । लोक कलामा हाम्रो जीवन बोलेको हुन्छ, त्यसैले हरेक नागरिकको मनमा लोकगीत सङ्गीत विद्यमान रहेको गण्डकी प्रदेश सांसद तिवारीले व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमहरु नव प्रतिभाहरुका लागि राम्रो अवसर भएकाले सोहि अनुसार हामीले उपयोग गर्दै जानुपर्ने उहाँको भनाई छ । राज्य भनेको अभिभावक हो, राज्यमा हामी फूल्न र खुल्न पाउनुपर्छ । महिलाहरुका लागि पहिला निकै समस्या र चुनौति थियो । देशमा लोकतन्त्र आएपछि सहज हुँदै आएको गण्डकी प्रदेश सांसद तिवारीले औंल्याउनुभयो । अझै पनि समाजमा महिलाहरु खुल्न नसकेको उल्लेख गर्दै उहाँले सामाजिक संघ संस्थाकासाथै यस्ता कार्यक्रमहरुमा सहभागी भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
हाम्रो घर आँगनमा आइरहेको तीज पर्वलाई सुसंस्कृत र मर्यादितरुपमा मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । तीजले नारीहरुको सुख दुःखको भोगाई बोल्ने सामाजिक परम्परालाई आत्मसाथ गर्दै मनाउनुपर्ने भन्दै गण्डकी प्रदेश सांसद तिवारीले भड्किलो होइन, आफ्नो परम्परागत मर्यादा कायम हुनेगरी मनाउन अनुरोध गर्नुभयो ।
“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित प्रतिष्ठानको २३ औं वार्षिक साधारणसभा कार्यक्रममा गायनसँगै आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...