अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

बैंर्कस क्लब वालिङको तिजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम

 
रेडियो आँधीखोला
वालिङ, १५ भाद्र ।
बैंर्कस क्लब वालिङद्धारा तिजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । वालिङमा रहेका विभिन्न बैंकका साखा र वित्तिय संस्थाका महिला कर्मचारीहरुलाई बैंर्कस क्लबले दर खुवाउने कार्यक्रम गरेको हो । क्लबका अध्यक्ष तथा गरिमा विकास बैंक साखा प्रमुख प्रेमकिसोर अर्यालले क्लबले बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुको कार्य क्षमता तथा दक्षता वृद्धि गर्न सहयोग गर्ने भन्दै तिजको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले आत्मीय भावनाको विकास गर्ने बताउनुभयो । 
शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमका संयोजक तथा एनएमबि बैंकका साखा प्रमुख दिपक काफ्लेले तिज पर्वको शुभकामना व्यक्त गर्दै तडक भडक रहित तिज पर्व मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बैंक तथा वित्तिय संस्थाका ढेड सय कर्मचारीहरुको सहभागिता थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...