अहिले तरंगमा

केहि छिनमा

समाचार

रेडक्रसको हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

 
रेडियो आँधीखोला
वालिङ, १५ भाद्र ।
रेडक्रस अभियानमा महिला सभागिता तथा हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा स्याङ्जाले साखाका उपसाखाका महिला उपसभापतिहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले रेडक्रस सोसाईटीले विपद र जोखिमा नागरिकसंगै रहेर काम गर्दै आएको बताउनुभयो । 
रेडक्रसले जिल्लामा गरेका गतिविधिहरुको प्रसंशा गर्दै आगामी दिनमा पनि रेडक्रसको यस्तै भुमिका रहोस भन्दै सम्पुर्ण महिला उपसभातिहरुलाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा रेडक्रस सोसाईटी स्याङ्जाका अध्यक्ष दिनेश अर्याल, नेपाल पत्रकार महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो आँधीखोला एफएमका अध्यक्ष शान्ता थापालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम रेडक्रसका उपसभापति लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन उपमन्त्री खगेन्द्रप्रसाद अर्याल र धन्यावाद निर्वतामन अध्यक्ष भुवनबहादुर पौडेलले गर्नुभएको थियो । यसैबीच कार्यक्रममा १ दिने प्रशिक्षण समेत संचालन गरिएको थियो । प्रशिक्षणमा निर्वतमान अध्यक्ष भुवनबहादुर पौडेल र अध्यक्ष दिनेश अर्यालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...