अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

रेडियो आँधीखोलाका अध्यक्ष थापालाई रेडियोद्धारा सम्मान एवम् बधाई

news

 
रेडियो आँधीखोला 
वालिङ, ११ असोज ।
रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्ज वालिङ ८ का अध्यक्ष शान्ता थापालाई रेडियोले सम्मान तथा बधाई व्यक्त गरेको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १८औं साधारणसभा तथा ८ औं अधिवेशनबाट गण्डकी प्रदेशको महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा भन्दै रेडियो परिवारले बधाई तथा सम्मान व्यक्त गरेको हो । बधाई ग्रहण गर्दै अध्यक्ष थापाले स्याङ्जाको प्रतिनिधित्व गर्दै अकोराबको उपाध्यक्षमा पदमा आँफूलाई उभ्याउँदा थप जिम्मेवारी बनाएको बताउनुभयो । 
 
रेडियोको थप विकास गर्दै समयअनुकुल अगाडि बढाउन प्रदेश तथा केन्द्र तहमा आवाज उठाउने वातावरण सृजना भएको अध्यक्ष थापाले बताउनुभयो । कार्यक्रममा रेडियोका सचिव हिमलाल पराजुलीले रेडियो आँधीखोलाले पहिलो पटक महिला अध्यक्षको नेतृत्वमा काम गरिरहेको अवस्थामा प्रदेशमा समेत पहुँच पुगेको भन्दै समग्र सामुदायिक रेडियोहरुको विकास संगै रेडियो आँधीखोलालाई थप शसक्त रुपमा अगाडि बढाउन मद्दत पुग्ने बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...