अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गतिशील सहकारीले वचत फिर्ता नगर्दा वचतकर्ता आन्दोलित

news

 
 
वालिङ, २१ असोज ।
स्याङ्जाको वालिङमा कार्यालय रहेको गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाले वचत फिर्ता गर्न नसकेपछि वचतकर्ताहरु आन्दोलित भएका छन् ।
 
अप्ठ्यारोमा परेका बेला झिकेर प्रयोग गर्न पाईने आशामा सहकारीमा जम्मा गरेको वचत सहकारीले फिर्ता नगरेपछि वचतकर्ताहरुले कार्यालयमा आँफूले राखेको वचत फिर्ता दिन माग गरेका हुन् ।
 
विशेष गरी महिलाहरु ठुलो संख्यामा सहकारीमा उपस्थित भएर दशैंको मुखमा चाडवाड मनाउन आफ्नै पैसा माग्न पनि यति दुःख खेप्नुपरेको भन्दै आक्रोशित थिए ।
 
लामो समयसम्म सहकारीमा वचत फिर्ता माग्न आउँदासमेत नपाएको र आज पाँच हजारका दरले पैसा बाँडेकोप्रति आक्रोशित हुँदै कतिपय वचतकर्ताले नलिने भन्दै निस्किएका थिए ।
 
यद्यपि कतिपय वचतकर्ताहरुले दिनभर लाईनमा बसेर ५ हजार पनि नपाएपछि थप आक्रोशित बनेका थिए । दशैंको मुखमा सहकारीबाट आँफूले वचत गरेको पैसा पाईने आशामा टाढा टाढादेखि आएका वचतकर्ताहरु रित्तै फर्कनुपर्दा मलिन देखिएका थिए ।
 
उता सहकारीले आज वचतकर्ताहरुलाई ८ लाख वितरण गरेको जनाएको छ । ५ हजारभन्दा कम वचत भएका र सहकारीमा आउनुभएका वचतकर्ताहरुको वचत फिर्ता गरिएको सहकारीले जनाएको छ । ५ हजारभन्दामाथि जतिसुकै रकम वचत गरेको भएपनि अधिकतम ५ हजारका दरले रकम दिएको हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...