समाचार
कालीगण्डकीमा एथलेटिक्स प्रशिक्षण शुरु
रेडियो आँधीखोला
वालिङ, २५ कार्तिक ।
स्याङ्जाको कालीगण्डकीमा एथलेटिक्स प्रशिक्षण शुरु भएको छ । प्रदेश खेलकुद परिषदको समन्वय तथा कालीगण्डकी गाउँपालिकाको आयोजनामा ३ दिने एथलेटिक्स प्रशिक्षण शुरु भएको हो । प्रशिक्षणको उद्दघाटन गर्दै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्यायले खेलकुदको विकासका लागी गाउँपालिका सदैव सकरात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङ, शिक्षा समिति सदस्य केशरबहादुर क्षेत्रिलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षा साखा प्रमुख अनिल ढुंंगानाले गर्नुभएको थियो । प्रशिक्षणमा माध्यमिक विद्यालयका खेलकुद शिक्षकहरु २० जनाको सहभागिता रहेको छ । एथलेटिक्स अन्तराष्ट्रिय प्रशिक्षक शंकरप्रसाद शाहले प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणमा सहभागि शिक्षकहरुले तालिम लिएपछि आफ्ना विद्यालयमा विद्यार्थीहरुलाई सिकाउनेछन् ।