अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विभिन्न प्रस्तावित कार्यक्रमसहित उपकार सहकारीको साधारणसभा सम्पन्न

 
वालिङ, ८ मंसिर ।
स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाले ३२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीले प्रतिनिधिसभासहित ३२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाद्वारा सञ्चालित विभिन्न स्थानमा गरी ४ वटा सेवाकेन्द्र र एकवटा सदस्य सम्पर्क कार्यालयहरुमा अधिकांश शेयर सदस्यको उपस्थितिमा इकाई वार्षिक साधारणसभा गरिएको र प्रतितिधिसभासहित ३२ औं वार्षिक साधारणसभा सम्पन्न गरिएको संस्थाका अध्यक्ष यमकान्त खनालले बताउनुभयो । सबै स्थानका कार्यक्रमहरुमा शेयर सदस्यहरुले रुचिकासाथ सहभागिता जनाएको र हामी सबैलाई थप उत्साही बनाएको अध्यक्ष खनालले उल्लेख गर्नुभयो । 
शेयर सदस्यहरुका जिज्ञासालाई सम्वोधन र सुझावलाई आत्मसाथ गर्दै संस्थाको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको उहाँले बताउनुभयो । योसँगै उपकार सहकारीले यो आर्थिक वर्षका लागि सेवाकेन्द्र विस्तारसहितका विभिन्न कार्यक्रमहरु प्रस्तावित गरेको छ । प्रस्तावित कार्यक्रमहरुमा यस आर्थिक वर्षमा ४ वटा सेवाकेन्द्र सञ्चालनमा ल्याउने कार्यक्रमलाई सहकारीले प्राथमिकतामा पारेको छ । कार्यक्षेत्र विस्तारसँगै संस्थाले सम्भाव्यता अध्ययन गरी सेवाकेन्द्र स्थापना गर्ने कार्यक्रम रहेको संस्थाका सचिव गोकर्ण भट्टराईले सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनसहित जानकारी गराउनुभयो । 
यसकासाथै एक्सेस कार्यक्रमलाई निरन्तरता दिइने, कर्मचारीहरुको वृत्ति विकाससँगै नियमित बनाउन आवश्यक प्रकृया अगाडि बढाइने प्रतावित कार्यक्रममा समेटिएको छ । यसैगरी असल ऋणि र कारोबारीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाईने र सदस्य शिक्षा मार्फत सदस्यता वृद्धि गर्ने व्यवस्था मिलाइनेलगाएतका प्रस्तावित  कार्यक्रमहरु रहेका छन् । उपकार साकोसले वालिङ नगरपालिका ८ र १३ को बायँटारी, चापाकोटको दामाचौर तथा कालीगण्डकी गाउँपालिकाको मिर्मी गरी ४ स्थानमा सेवाकेन्द्र सञ्चालन गरेर वित्तीय सेवा दिदै आएको छ । यसैगरी वालिङकै ७ नम्वर वडाको केवँरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा रहेको छ । उपकार सहकारीमा ८ हजार १ सय ५४ जना शेयर सदस्य रहेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...