अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नगरस्तरीय विद्यार्थी नृत्य प्रतियोगितामा बालविद्या प्रथम

 
वालिङ, १५ कार्तिक ।
वालिङ नगरपालिकाले आयोजना गरेको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा बाल विद्या विकास माध्यमिक विद्यालय प्रथम भएको छ । शनिवार पंतञ्जली योग पिठ भवनमा आयोजित प्रतियोगितामा नगरभित्रका कुल ११ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । 
विद्यार्थीको प्रतिभा प्रस्फूटन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । यस्ता कार्यक्रमले प्रतिभा मात्र नभई स्थानीय कला संस्कृति र भेष भूषाको संरक्षण पनी हुने प्रमुख खाँणको भनाई थियो । 
सोही कार्यक्रममा बोल्दै नगरउप्रमुख कविता गैह्रेले पढाईको अतिरिक्त विद्यार्थीको रुचि अनुसारको क्षमता पहिचान गर्न नगरले सहयोग गर्ने बताउनुभयो । यस्ता नृत्य प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउँदै कला प्रदर्शन गर्ने र शारीरिक क्षमता विकास हुने गैह्रेको भनाई थियो । 
पाठ्यपुस्तको अतिरिक्त विद्यार्थीको रुची अनुसारका प्रतियोगिताले विद्यार्थीलाई हौसला प्रदान गर्ने बाल शिक्षा निकेतन आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अर्यालले बताउनुभयो । 
उक्त प्रतियोगितामा प्रथम—वालविद्या, दोस्रो—अर्मादी मावि, तेस्रो—सगरमाथा मावि  र सान्तवना भएको बाल सिद्ध माध्यमिक विद्यालयले क्रमश ५ हजार , ३ हजार , २ हजार र १ हजार नगद र प्रमाण पत्र सहित सम्मानित भएका थिए । 
नगरप्रमुख कृष्ण खाँणको अध्यक्षतामा सम्पन्न भएको नृत्य प्रतियोगिताको संचालन शिक्षा अधिकृत दुर्गा कुमारी न्यौपानेले गर्नुभएको थियो भने प्राविधिक सहायक हरि खनालले स्वागत मन्तब्य राख्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...