समाचार
छैटौ अध्यक्ष कपको उपाधि वडा नं –७ लाई
वालिङ, १६ मंसिर ।
स्याङ्जाको कालीगण्डकीमा सञ्चालित छैटौ अध्यक्ष कप खेलकुद महोत्सवको उपाधि वडा नं –७ ले जितेको छ । वडा नं –७ ले छ स्वर्ण, आठ रजत र एक कास्य पदकका साथ उपाधि आफ्नो पोल्टामा पारेको हो । महोत्सवमा द्धितीय भएको वडा नं –४ ले चार स्वर्ण, चार रजत र चार कास्य पदक जित्दै उपबिजेतामा चित्त बुझाएको हो भने वडा नं –५ ले चाार स्वर्ण, चार रजत र दुई कास्य पदक जित्दै तृतीय बनेको हो ।
खेलकुदमा बिजेता खेलडीलाई गण्डकी प्रदेशका समााजिक विकास तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले पुरस्कार वितरण गर्नु भएको हो । गाउँपालिका वडा नं –७ को मिर्मी खेलमैदान गरिएको खेलकुद महोत्सव खेलकुदको विकास तथा प्रवद्र्धन गर्ने उदेश्यले पालिकाले आयोजना गरेको हो ।
तीन दिन सम्म चलेको खेलकुद महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टर(एकल तथा डबल), टेबल टेनिस(एकल तथा डबल), दौड, बुद्धिचाल खेल खेलाइएको थियो । २२ स्वर्ण, २२ रजत र २२ कास्य पदकमा प्रतिस्पर्धा हुने महोत्सवमा प्रत्येक वडाबाट ९८ जना खेलाडी सहभागि रहेको पालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । खेलकुद महोत्सबको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मङसिर १४ उद्घाटन गर्नु भएको थियो ।