समाचार
नेकपा एमाले र प्रेस चौतारी संवद्ध संचारकर्मीबीच अन्र्तक्रिया
रेडियो आँधीखोला
वालिङ, १६ मंसिर ।
नेकपा एमाले वालिङ नगरकमिटि र प्रेस चौतारी संवद्ध संचारकर्मीबीच समसामयिक विषयमा अन्र्तक्रिया तथा छलफल सम्पन्न भएको छ । आईतबार वालिङमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुलीले मुलुकलाई सहि मार्गमा हिडाउँनका लागी संचारकर्मीको महत्वपुर्ण भुमिका रहने भन्दै सत्यतथ्य समाचार संप्रेशणमा लाग्न आग्रह गर्नुभयो । साथै उहाँले मुलुकका ठुला ठुला ऐतिहासिक आन्दोलनमा संचार जगतले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै संचारकर्मीले तथ्यगत समाचार लेख्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका पुर्व उपाध्यक्ष मोहन रेग्मीले राम्रा पक्षहरुको प्रचारप्रसार गर्नुपर्ने तथा समाजका बेथिति र बिसंगतिलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले नगरपालिकामा विकासका निर्माणका कामले अब गति लिने भन्दै विकास निर्माणका लागी राजनिति गर्न नहुँने बताउनुभयो । साथै प्रमुख खांणले अबको साढे दुई वर्ष वालिङमा विकासले तिव्रता पाउने बताउनुभएको हो । कार्यक्रम नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव आनन्द पाठकले गर्नुभएको थियो ।