अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङको ४ र २ नं. वडामा मृगौला, पाठेघर, प्रोष्टेट परिक्षण शिविर हुँदै

 
रेडियो आँधीखोला
वालिङ, २१ मंसिर ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ४ र २ मा निशुल्क मृगौला, पाठेघर, प्रोष्टेट परिक्षण तथा परामर्श सम्बन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । यही मंसिर २९ गते वालिङ ४ र ३० गते वालिङ २ को सिमलचौपारीमा उक्त शिविरको आयोजना गरिएको हो । पछिल्लो समय यस्ता रोगीहरुको संख्या देखिन थालेको र मृगौला, पाठेघर, प्रोष्टेट सम्बन्धी परिक्षण गर्न समेत धेरै आर्थिक खर्चेर टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै वडास्तरमै यस्ता शिविरको आयोजना गरिएको वडा नं. ४ का अध्यक्ष हरिप्रसाद खनालले बताउनुभयो । 
अर्मादी कल्याणकारी समाज काठमाडौ र निजामति कर्मचारी श्रीमती संघको आयोजना, मृगौला बचाऔँ अभियान वालिङ, वडा नं. १, २, ३ र ४, कार्की व्याङक्वेट बबरमहलको सहयोगमा, राष्ट्रिय मृगौला उपचार केन्द्र बालाजु र नेपाल मडिसिटि अस्पतालको प्राविधिक सहयोग र गरिमा विकास बैंक र एनएफएमबि एक क्यापिटल लिमिटेडिको प्रायोजनमा शिविरको आयोजना गरिएको हो । ५० वर्ष भन्दा माथिका पुरुषहरुको प्रोष्टेट परिक्षण गरिन्छ भने महिनावारी भएको ७ दिनसम्मका महिलाहरुको हकमा भने मृगौला र पाठेघरको मुखको परिक्षण गर्न मिल्ने छैन् । 
संसारका आधा बयस्क महिलाहरु कुनै न कुनै स्त्री तथा प्रजनन प्रणालीमा हुने रोगबाट ग्रसित भएका कारण यस्ता शिविरबाट धेरै भन्दा धेरै फाईदा लिन वडा नं. ४ का अध्यक्ष हरिप्रसाद खनालले आग्रह गर्नुभयो । शिविरमा धेरै नागरिकलाई लाभान्वित बनाउनका लागी वडाले सरोकारवालासंग छलफल समेत गरेको अध्यक्ष खनालले बताउनुभयो । 
वडाका राजनितिक दल, विभिन्न टोल, विद्यालय, होमस्टे, निर्वतमान जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी, बुद्धिजिवि, स्वंयमसेविकाहरुको छलफलले धेरै नागरिकलाई यो शिविरबाट लाभ लिन आ–आफ्नो क्षेत्रबाट प्रचारप्रसार गर्ने प्रतिवद्धता जनाएका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...