अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सहकारीको नियामक संस्था नहुँदा समस्या सृजना भयो ः सभापति अर्याल

 
रेडियो आँधीखोला
वालिङ, २९ मंसिर ।
ऋिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १७औँ साधारण सभा तथा छैठौँ अधिवेसन शनिबार वालिङ स्थित पतञ्जली योगपिठ भवनमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले सहकारी नियमसंगत सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । 
सहकारीहरुलाई अनुगमन तथा नियमन गर्ने निकाय नहुँदा सहकारीहरुमा बिचलन देखा परेको भन्दै यसले सहकारीप्रति लगानीकर्ताको हेर्ने दृष्ट्रिकोण फरक देखिएको सभापति अर्यालले बताउनुभयो । सभापति अर्यालले भन्नुभयो, “विभिन्न बैंकहरुलाई नियमन गर्ने नियामक संस्था राष्ट्र बैंक छ तर ६ खर्ब भन्दा धेरै लगानी गर्ने सहकारीहरुको नियामक निकाय छैन् । यसले गर्दा सहकारीमा बिचलन आएको छ ।” समाजको गर्जो टार्नका लागी तथा सदस्यहरुको आर्थिक अवस्था उकास्नका लागी खोलिएका सहकारी संस्थाहरु प्छिल्लो समय व्यापारिकरण भएको भन्दै यसले गर्दा आम नागरिकहरु समस्यामा परेको बताउनुभयो । 
सरकारले ३ खम्बे अर्थ नितिको मान्यता दिएपनि अनुगमन गर्ने निकाय नै नहुँदा सहकारीहरुमा समस्या देखा परेको उहाँको भनाई छ । वालिङमा समेत एकदुई सहकारीमा समस्या देखिएपछि सहकारीको निति र सिद्धान्त अनुसार चलेका सहकारीलाई हेर्ने नजर फरक भएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारीले राजनिति र सहकारीमा इमान्दारिता नदेखिएको बताउनुभयो । 
सहकारीहरु पैसा किन्ने र बेच्ने थलोको रुपमा विकास हुँदा समस्या सृजना भएको बताउँदै सहकारीहरुले आफ्ना सदस्यलाई उत्पादनमा लगाउने बजारीकरणको व्यवस्था गरिदिने हो भने सदस्यहरुको आर्थिक अवस्था माथि उकासिने बताउनुभयो । सहकारीको पुँजीमा आँखा लगाउने इमान्दारिता नभएका व्यक्तिले सहकारी चलाउँदा आम लगानीकर्ता समस्यामा परेको तिवारीले बताउनुभयो । कार्यक्रममा पत्रकारिताका क्षेत्रबाट सहकारीका गतिविधिहरुलाई उजागर गर्न सहयोग पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य तथा महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो । 
कार्यक्रममा सम्मानित पत्रकार सिग्देल, उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा पत्रकार सिग्देल सहित जेष्ठ सेयर सदस्यद्धोय गणेशप्रसाद भट्राई, हुमकला पाण्डे, उत्कृष्ट कारोबारी छविलाल पाण्डे र जामिला निशा, एसईईमा उत्कृष्ठ नजिता ल्याउने सुजाता श्रेष्ठ, आशिका कोईराला, दिक्षान्त पंगेनी, आयुष्मा अर्याल, एन्जिला अर्याललाई सम्मान गरिएको थियो । 
कार्यक्रममा अध्यक्ष मुक्तिप्रसाद पाण्डेले सहकारीको अवस्था र भावी कार्ययोजनाका बारेमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष नत्रेप्रसाद पाण्डे संचालन सचिव हुमनाथ अर्याल बच्चनले गर्नुभएको थियो । यसैबीच छैटौ अधिवेशनले कार्य समिति तथा लेखा समिति चयन गरेको छ । अधिवेशनले नेत्र प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा हुमनाथ अर्याल, सचिवमा शान्ता थापा र कोषाध्यक्षमा खिमानन्द पराजुली रहनुभएको छ । भने सदस्यहरुमा दुर्गादेवी अर्याल, माया पाण्डे, खेमकान्त पौडेल, बुद्ध बहादुर थापा, हुम नारायण श्रेष्ठ, पदम प्रसाद पाण्डे, डोलकुमारी ढुङ्गाना रहनुभएको छ । यस्तै लेखा समिति संयोजकमा कुलदेव लामिछाने चयन हुनुभएको छ भने लिलादेवी रेग्मी र सुरेश अर्याल सदस्य रहनुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...