अहिले तरंगमा

केहि छिनमा

समाचार

नेकपा माओवादी वालिङ नगरकमिटिको तेस्रो अधिवेसन सम्पन्न, अध्यक्षमा गोतामे

वालिङ, १३ पुस ।
नेकपा माओवादी केन्द्र वालिङ नगरकमिटिको तेस्रो अधिवेसन शनिबार वालिङमा सम्पन्न भएको छ । अधिवेसनले भक्तबहादुर गोतामेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।  समितिको सचिवमा टुक प्रसाद डुम्रे सचिव, कोषाध्यक्षमा दिपा नेपाली रहनुभएको छ । भने सदस्यहरु अमर गुरुङ, प्रकाश रिजाल, गोब बईक, मोहन रेग्मी, सुर्य गोतामे, चुरामणी सुवेदी, अशोक पंगेनी लगायत ४१ सदस्सीय नगर समिति गठन गरिएको हो । त्यस्तै समितिको ३ उपाध्यक्ष र सहसचिव पछि टुंगो लगाउने गरी नगर समिति गठन गरिएको हो । नगर अधिवेसनको उद्दघाटन संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकाजी गुरुङले गर्नुभएको हो । 
अधिवेसनको उद्दघाटन गर्दै गुरुङले वर्तमान सरकार विचौलिया र माफियाले बनाएको हुँनाले तिनकै संरक्षणमा सरकार लागिपरेकोे आरोप लगाउनुभयोे । वर्तमान सरकार विकास र सुशासन तथा जनपक्षीय काममा केन्द्रित भएको भन्दै सरकारको आलोचना गर्नुभयो । नेकपा माओवादीले विगतको कमजोरी सच्याउँदै सरकारमा बस्दा र प्रतिपक्षीमा बस्दा गर्ने कामको सन्तुलनका कारण माओवादीप्रति नागरिकको विश्वास बढ्दै गएको बताउनुभयो । 
कार्यक्रममा कार्यक्रममा बेपत्ता परिवार र जेल तथा हिरासत बसेकालाई सम्मान गरिएको । शहिद परिवारका तर्फबाट तारा भुषाल, खगीसरा भुषाल, कल्पना पराजुली, टोलप्रसाद पौडेल, हेमराज रिजाल, टुप्रसाद डुम्रेलाई सम्मान गरिएको थियो भने ४९ महिना जेल हिरासतमा बस्नुभएका कल्पना अर्याल, १९ महिना जेल हिरासतमा बस्नुभएका वेदप्रसाद पराजुली र १६ महिना हिरासतमा बस्नुभएका यज्ञ आचार्यलाई समेत सम्मान गरिएको थियो । 
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यद्धोय प्रकाश न्यौपाने र कल्पना अर्याल, नेताहरु तारा भुसाल, रन बहादुर गुरुङ, अनु कुँवर, लक्ष्मी रानालगायतले बोल्नुभएको थियो । कार्यक्रम अध्यक्ष चित्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन भक्त गोतामेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...