अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोट, ८ द्धारा शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता

 
रेडियो आँधीखोला
वालिङ, १७ पौष ।
भीरकोट नगरपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न प्रयासहरू गरिएको छ ।  वडा नं ८ को कार्यालयले  वडाभरका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता राखेर काम गरिरहेको वडा अध्यक्ष नन्दलाल खनालले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा शैक्षिक गुणस्तर सुधारका  कार्यक्रम सञ्चालन गर्न  वडाले  करिब ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
वडा कार्यालयले सिरूखर्क जोगिस्थान मा.वि., भाग्योदय मा.वि., र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जाडोयाममा विद्यालय जाने वातावरण सहज बनाउन पोशाक वितरण गरेको  हो। सिरूखार्क जोगिस्थान माधमिक विद्यालयका ७० जना विद्यार्थीहरूलाई    ट्रयाक सुट , टिसर्ट र जुत्ता वितरण गरिएको  विद्यालयका प्रधानाध्यापक तोलाकान्त चापागाईले जानकारी दिनुभयो । भाग्योदय मा. वि. मा अध्ययनरत  १  सय ८० जना विद्यार्थीहरूलाई  विद्यालय  पोशाक वितरण गरिएको  शिक्षक भोजबहादुर थापाले जानकारी दिनुभयो  । 
आधारभूत विद्यालयमा अध्ययनरत करिव ९ ० जना विद्यार्थीहरूलाई पनि यथासक्य चाँडो  विद्यालय पोशाक वितरण गरिने अध्यक्ष खानालले बताउनुभयो ।  भाग्योदय माध्यमिक विद्यालय वडा नं. ६ मा भएपनि वडा नं. ८ का अधिकांश विद्यार्थी यहाँ अध्ययनरत  भएकाले  वडाका विद्यार्थीलाई लक्षित गरी पोशाक वितरण गरिएको अध्यक्ष खनालले प्रष्ट पार्नुभयो । 
सबै लक्षित विद्यार्थीहरूलाई   पोशाक  वितरणका लागि ३ लाख रुपैयाँ बजेट छुट्याएको छ । “जाडोमा विद्यार्थीहरू कक्षाकोठामा बस्न नमान्ने समस्याले पढाइमा प्रत्यक्ष असर परेकाले पोशाक वितरण गरिएको हो,” वडा अध्यक्ष नन्दलाल खनालले बताउनुभयो।
आधारभूत र एसइइ  तहको  शैक्षिक नतिजा  कमजोर भएकाले नतिजा  सुधार गर्न पव्लिक एकेडेमी मा.वि. मा ४ लाख रुपैयाँको लागतमा अतिरिक्त कक्षा सञ्चालन गरिँदैछ। यसैगरी, एसईई र आधारभूत तहका कमजोर नतिजा भएका विद्यालयहरूमा पनि अतिरिक्त कक्षाको व्यवस्था गरिने अध्यक्ष खनालले बताउनुभयो । शैक्षिक सुधारका यी पहलले विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न सहयोग पुग्ने विश्वास वडा कार्यालयले लिएको छ। साथै, विद्यार्थीहरूको नियमितता र नतिजामा सुधार देखिने अपेक्षा गरिएको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...