अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मिर्मीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञको आय—व्यय सार्वजनिक

 
रेडियो आँधीखोला
वालिङ, २० पौष ।
स्याङ्जाको मिर्मीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञको—२०८१ को आय—व्यय सार्वजनिक गरिएको छ । मिर्मी बहुमुखी क्याम्पसद्वारा गत मङ्सिर २२ देखि २९ गतेसम्म सञ्चालित महायज्ञको आय—व्यय आज शनिबार क्याम्पस परिसर पत्रकारहरुको उपस्थितिमा सार्वजनिक गरिएको हो । महायज्ञबाट कूल २ करोड ३० लाख ३७ हजार १ सय ६५ रुपैयाँ आम्दानी भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ज्ञानप्रसाद भट्टराईले जानकारी गराउनुभयो । यसमध्ये ८२ लाख ७४ हजार ५ सय ३० रुपैयाँ नगद जम्मा भएको छ । यसमध्ये पुस्तकालयका लगि १ लाख बराबरको पुस्तकहरु प्राप्त भएको छ । यस बाहेक १ करोड २८ लाख ८४ हजार बाँकि रहेको कोषाध्यक्ष  भट्टराईले बताउनुभयो । 
कोषाध्यक्ष  भट्टराईका अनुसार महायज्ञ सम्पन्न गर्नका लागि जम्मा ४१ लाख ५० हजार ४ सय ५६ खर्च भएको छ भने अरु व्याङ्कमा मौज्दाद रहेको छ । दाताहरुबाट सहयोगका लागि बोलिएको र बाँकि रहेको रकम छिट्टै सङ्कलन गरिने छ । रकम उठिसकेपछि १ करोड ८८ लाख ८६ हजार ७ सय ८ रुपैयाँ कूल बचत हुन आउने उहाँले बताउनुभयो ।
कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले महायज्ञ सम्पन्न भएको एक महिना भित्रै आय—व्यय सार्वजनिक हुनु खुसीको कुरा भएको बताउनुभयो । अध्यक्ष थापाले यसरी कमैमात्र संस्थाहरुले यसरी आय—व्यय सार्वजनिक गरेका पाइन्छन्, यस अर्थमा पनि खुसी लागेको व्यक्त गर्नुभयो । महायज्ञका समयमा बोले अनुसार सहयोगकासाथै यहि आर्थिक वर्ष बाँकि रहेका भवनसमेत पालिकाले सम्पन्न गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी महायज्ञ मूल आयोजक समितिका संयोजक एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष वेदनिधि भट्टराईले क्याम्पसको स्तरोन्नतिसँगै शैक्षिक गुणस्तर वृद्धि गर्ने, प्रविधिमय बनाउने एवम् स्मार्ट क्याम्पसकारुपमा रुपान्तरण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...