अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा नुवादत्त अर्याल

 
 
वालिङ, २० पौष ।
भीरकोट उद्योग वाणिज्य संघको तेश्रो अधिवेशन शुक्रबार शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको छ । भीरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा नुवादत्त अर्याल निर्विरोध निर्वाचित हुनुभएको हो । 
शुक्रबार साँझ उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रमका बिच अर्याल सहित नयाँ नेतृत्वको निर्वाचन समिति संयोजक अधिवक्ता श्यामकाजी अधिकारीले सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नुभएको होे । सघंको वरिष्ठ उपाध्यक्षमा चिन्तामणी चापागाई र प्रथम उपाध्यक्षमा पर्वत खाम्चा मगर निर्वाचित हुनुभएको छ । द्धितिय उपाध्यक्षमा राजकुमार कर्माचार्य, महासचिवमा चोपनारायण श्रेष्ठ, सचिवमा सिर्जना गौतम, कोषाध्यक्षमा देवीप्रसाद चापागाई, सहकोषाध्यक्षमा जाफर अलि मियाँ निर्वाचित हुनुभएको छ् । त्यस्तै सदस्यमा विकास खाँण, रेखा बसेल, जीबलाल बसेल, दिनेश कुमार कर्माचार्य, सुरेश उच्चै ठकुरी, सम्राट अधिकारी, सूर्य अधिकारी, लोकबहादुर थापा, मिना खाँण, शिव खनाल, सुशिल अर्याल र विनोद अधिकारी रहनुभएको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले स्थानीय स्तरमा उद्योग फस्टाउन नसक्दा बेरोजगारी बढेको चर्चा गर्दै सम्भावनाहरु खोज्न विदेशिहरुको ढोका चहार्न बाध्य हुनुपरेको बताउनुभएको छ  । उहांले उद्योग वाणिज्य संघले चाहेको समृद्धिको यात्रा तयार गर्न लगानीको सुनिश्चिततामा स्थानीय सरकार लागिपरेको बताउनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...