समाचार
मगर भाषा तथा नेतृत्व विकास प्रशिक्षण
रेडियो आँधीखोला
वालिङ, २३ पौष ।
नेपाल मगर महिला संघ ईकाई समिति क्याम्पसरोड वालिङ ९ को आयोजनामा मगर भाषा तथा नेतृत्व विकास सम्बन्धी एक हप्ते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले राज्यका हरेक नेतृत्वदायी भुमिकामा मगर समुदायको पहुँच पु¥याउन आवश्यक रहेको भन्दै समय समयमा गरिने यस्ता प्रशिक्षणले थप सहयोग पुग्ने बताउनुभयो ।
नेपालको ऐतिहासिक आन्दोलनमा मगर समुदायको पनि उत्तिकै योगदान र भुमिका रहेको भन्दै संविधानले प्रदत्त गरेका हकअधिकार सुनिश्चित गर्न मगर संघ तथा सम्बद्ध विभिन्न संघसंगठनले आवाज उठाउँदै आएको थापाले बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ वालिङ नगरका वरिष्ठ उपाध्यक्ष खिमबहादुर थापा, कोषाध्यक्ष तेजबहादुर थापामगर, खिमकुमारी मगर, देवि थापा मगर, सुमित्रा थापामगर, विष्णु ढेंगा थापामगर, चन्द्र श्रीषमगर, मन्जु थापामगरलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम इकाई समितिका अध्यक्ष सुमित्रा आलेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन मनु आलेथापा र धन्यवाद इन्द्र पल्लीमगरले गर्नुभएको थियो । प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको थियो भने तेजबहादुर आलेले प्रशिक्षित गराउनुभएको थियो ।