समाचार
भगवती आधारभुत विद्यालय वालिङ ८ चिथाकभञ्ज्याङको ४३औँ वार्शिकोत्सव सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २५ पौष ।
भगवती आधारभुत विद्यालय वालिङ ८ चिथाकभञ्ज्याङको ४३औँ वार्शिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्दघाटन पुर्व मेयर लालचन्द गैह्रेले गर्नुभएको हो । उद्दघाटनका अवसरमा गैह्रेले विद्यालय स्थापनाका समयमा आँफूलगायत समाजसेवीहरुको महत्वपुर्ण भुमिका रहेको स्मरण गर्दै विद्यालयलाई थप उचाईमा पु¥याउन सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो । कार्यक्रममा धनबहादुर मल्ल, अक्षयकोषदाता गोपालधन सुवेदीलगायतले आफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रममा गत शैक्षिक सत्रमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यालयमा स्थापना भएका १२ वटा अक्षयकोषको छात्रवृत्ति तथा पुरस्कार समेत वितरण गरिएको छ । उक्त अक्षयकोषबाट हुने रकम २ लाख ७० हजारको व्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको हो । कार्यक्रमममा हाँजिरिजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले विद्यालयको २४ लाख बराबरको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शिक्षक थमनबहादुर गुरुङले आफ्ना स्व. बुवाको स्मृतिमा विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशभक्त गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक पिताम्बर रेग्मीले गर्नुभएको थियो ।