समाचार
धार्मिक पर्यटनमार्फत आर्थिक उपार्जन गर्न सकिने गल्याङ नगर प्रमुख भट्टराईको भनाई
वालिङ, २८ पौष ।
गल्याङ नगरपालिका नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले धार्मिक पर्यटन मार्फत आर्थिक उपार्जन गर्न सकिने बताउनुभएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर १ मा रहेको मालुङ्गा गाउँ कोटघर मन्दिरको पुननिर्माण तथा शिलान्यास कार्यक्रममा उहाँले पुरातात्वीक महत्वका क्षेत्रको संरक्षण र सम्बर्दन गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख भट्टराईले पुराना मन्दिर र संस्कृतिको आफ्नै महत्व रहेको भन्दै त्यसको संरक्षण गरी पर्यटनको विकास गर्न सकिने बताउनुभयो ।
उहाँले नेपाल र गल्याङमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले धार्मिक क्षेत्रको संरक्षणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रवक्ता तथा गल्याङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, गल्याङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मणि प्रसाद वस्याल, वडा सदश्यहरु लगायत सामाजिक तथा धार्मिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
गल्याङ नगरपालिकाले गत आर्थिक बर्षमा उक्त मालुङ्गा गाउँ कोटघर मन्दिरको डिपिआर गरि मन्दिरको निर्माण कार्य सुरु भएको हो ।