अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्याङ्जामा माघ २२ देखि ९ हजार ३१९ जना छात्राहरुले एचपिभि खोप लगाउँदै ।

news

रेडियो आँधीखोला,
वालिङ ४ माघ ।
स्याङ्जामा यहि माघ २२ गतेदेखि एचपिभि खोप लगाउन शुरु गरिने भएको छ । महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप अभियान अन्र्तगत स्याङ्जाका ११ वटै स्थानीय तहमा खोप लगाईने भएको हो । देशभर यो खोप अभियान यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप दिईँदैछ । स्याङ्जामा भने यो खोप अभियान माघ २७ गतेसम्म सञ्चालन हुनेछ । स्याङ्जाका ११ स्थानीय तहमा कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने किशोरी गरी १० देखि १४ वर्ष उमेर समूहका गरी ९ हजार ३१९ जनाले यो खोप लगाउँदैछन् । 
जिल्ला स्वास्थय कार्यालय स्याङ्जाका अनुसार विद्यालय जाने ९ हजार २८८ र विद्यालय नजाने किशोरी ३१ जना गरी ९ हजार ३१९ जनाले यो खोप लगाउनेछन् । यहाँ सबैभन्दा धेरै वालिङमा १ हजार ९८० जनाले खोप लगाउँदैछन् । त्यस्तै ११ पालिका मध्ये सबैभन्दा कम आँधीखोला गाउँपालिकामा ३९९ जनाले खोप लगाउँदैछन् । 
पुतलीबजारमा कक्षा ६ का ३४२, कक्षा ७ देखि १० सम्मका १ हजार ३७८ जना, वालिङमा कक्षा ६ मा ३६२, ७ देखि १० सम्म १ हजार ६०९ र विद्यालय नजाने १० वर्षका ४ जना र ११ देखि १४ वर्षका ५ जना, भीरकोटमा कक्षा ६ मा १९५, कक्षा ७ देखि १० सम्मका ६३८ गरी कुल ८३३ जनाले खोप लगाउँदैछन् । त्यस्तै चापाकोट नगरपालिकामा कक्षा ६ मा १६९, कक्षा ७ देखि १० का ७२०, विद्यालय नजाने १ जना गरी कुल ८९०, गल्याङमा कक्षा ६ मा २६० जना, कक्षा ७ देखि १० का ८५०, विद्यालय नजाने १ जना गरी कुल १ हजार १११ जना, फेँदिखोला गाउँपालिकामा कक्षा ६ मा ८१ जना, ७ देखि १० सम्मका ३८३ जना गरी कुल ४६४ जनाले खोप लगाउँदैछन् । 
आँधीखोला गाउँपालिकामा कक्षा ६ मा ८५ जना कक्षा ७ देखि १० मा ३१४ गरी ३९९, हरिनास गाउँपालिकामा कक्षा ६ मा १०६ जना, कक्षा ७ देखि १० सम्मका ३४५ गरी ४५१ र विद्यालय नजाने १० जना समेत गरी ४६१ जनाले खोप लगाउँदैछन् । त्यस्तै विरुवा गाउँपालिकामा कक्षा ६ का ७१ जना कक्षा ७ देखि १० सम्म ३५५ गरी कुल ४२६ जना, अर्जुनचौपारी गाउँपालिकामा कक्षा ६ मा ७२ जना, ७ देखि १० सम्मका ३६०, विद्यालय नजाने ५ जना गरी ४३७, कालीगण्डकी गाउँपालिकामा कक्षा ६ मा १३४, कक्षा ७ देखि १० सम्मका ४५९, विद्यालय नजाने ५ जना गरी ५९८ जनाले खोप लगाउँदैछन् । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरकाले परिचय खुल्ने कागजपत्र सहित पायक पर्ने विद्यालयहरुमा गएर खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय स्याङ्जाका अधिकृत केशव चापागाईँले बताउनुभयो । 
पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको संक्रमणबाट हुन्छ । नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको प्रमुख कारण बनेको छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु भएको तथ्यांक रहेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...