अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

अर्जुनचौपारीमा एकिकृत घुम्ती शिविर

 
वालिङ, ६ माघ ।
स्याङ्जाको अर्जुनचौपरी गाउँपालिकाले समुदायस्तरमा सेवा प्रवाह गर्न उद्देश्यले एकिकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ । पालिकामा रहेका हरेक वडामा पुगेर नागरिकता तथा घटनादर्ता लगायतका सरकारी कागजातको समस्या समाधान कार्यक्रम एवम् एकीकृत शिविर सञ्चालन हो । आईतबार वडा नं. ५ को वडा कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको छ । ६ वटा वडा रहेको पालिकामा यसअघि वडा नं. ३ र ६ का विभिन्न स्थानमा शिविर सम्पन्न गरिसकेको छ । 
आईतबार वडा कार्यालयमा गरिएको शिविरमा स्वास्थ्य परिक्षण एवं परामर्श सेवा १६२ जना, खानेपानी शुद्धता १०, जेष्ठ नागरिक परिचय पत्र वितरण ११५, अपांगता परिचय पत्रको निवेदन संकलन ३, कृषि साखा अन्र्तगत समस्या पहिचान परामर्श ७३,ं भिटामित वितरण ७२, पहेँलो टेप वितरण ४५, निमतेल वितरण ७, पशु साखा अन्र्तगत समस्या पहिचान ६९, गोवर परिक्षण ७५, जुकामाटेको औषधी वितरण १०३, आकस्मिक उपचार ११, रेविज विरुद्धको खोप १, आँखा उपचार अन्र्तगत जेष्ठ नागरिकका लागी आँखा उपचार सेवा १५६, पञ्जिकरण साखा अन्र्तगत नागरिकता तथा घटनादर्ता लगायतका सरकारी कागजातको समस्या पहिचान तथा सहजीकरण १० जनाको गरिएको  छ। त्यस्तै शिक्षा तर्फ ३५६ जना विद्यार्थी लाभान्वित भएका छन् । 
राज्यबाट नागरिकले पाउनुपर्ने नागरिकताको प्रमाणपत्र, जन्मदर्ता, मृत्युदर्ता, बिबाह दर्ता लगायतका सरकारी कागजातहरु कुनै कारणले पाउन नसकेका, समस्या भएका वा पूरानो भएर नष्ट भएका कागजातहरु समुदाय स्तरमै प्राप्त गर्ने वातावरण मिलाउन अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभर १४ दिने शिविर सञ्चालन गरेको छ ।
अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीका अनुसार विभिन्न कारणले सरकारी कागजातहरु प्राप्त गर्न नसकेका सर्वसाधारणको पहिचान गर्ने, पालिकाको तर्फबाट हुन सक्ने सहजीकरण गरी कागजात उपलब्ध गराउने तथा सबै सेवा एकै पटक प्रवाह गर्ने उद्देश्यले यो शिविरको आयोजना गरिएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...