अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नेपाली कांगे्रसको सय दिने विशेष अभियान समापन

news

 
वालिङ, १६ माघ ।
नेपाली कांगे्रसको सय दिने विशेष अभियान समापन गरिएको छ । नेपाली कांगे्रसले सय दिने विशेष अभियान अन्र्तगत जिल्लाका ११ वटै पालिकाकाको हरेक वडाहरुमा जनताको समस्या बुझ्ने, पार्टीका राम्रा कामको जानकारी गराउने उद्देश्यले आयोजना गरेको सय दिने अभियानको हिजो भीरकोटको बयरघारीमा समापन गरिएको हो । 
सय दिनको समापन गर्दै नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा पुर्व उपसभापति गोपालमान श्रेष्ठले सय दिने अभियानले नागरिकसंग नेपाली कांगे्रसलाई नजिक हुने अवसर प्रदान गरेको भन्दै पार्टीभित्रका गुटगत स्वार्थ अन्त्य गर्न यो अभियानले सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । नेता कार्यकर्ताबीचको ग्याबलाई समेत यस्ता अभियानले पुर्णता दिन सहयोग पुग्ने बताउँदै श्रेष्ठले मुलुकको संटक टार्नका लागी कांगे्रस एमालेको गठबन्धन भएको बताउनुभयो । 
कार्यक्रममा नेपाली कांगे्रस केन्द्रिय सदस्य धनराज गुरुङ, सय दिने अभियानका केन्द्रिय प्रतिनिधि टेकबहादुर गुरुङ, गण्डकी प्रदेश अर्थ विकास समितिका सभापति भोजराज अर्याल, नेपाली काँगे्रस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी र मेखलाल श्रेष्ठ, प्रदेश सांसद सुनिता थापा, महासमिति सदस्यहरु विष्णु पौडेल, छायाराम खनाल, महेन्द्र श्रेष्ठ, गोविन्द रानाभाट, पुतलीबजार नगरप्रमुख तुल्सीराम रग्मी, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार उपप्रमुख देवि अर्याल, भीरकोट नगरसभापति यामप्रसाद अधिकारी, आँधीखोलाका सभापति नरेन्द्र पौडेललगायतले बोल्नुभएको थियो । 
कार्यक्रम नेपाली कांगे्रस जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपसभापति केदार काफ््ले र सञ्चालन सचिव दामोदर लम्सालले गर्नुभएको थियो । नेपाली कांगे्रस जिल्ला कार्यसमितिको आयोजनामा गरिएको समापन कार्यक्रमको व्यवस्थापन भीरकोट नगर समितिले गरेको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...