समाचार
वालिङ जेसीज वर्ष २०२५ को अध्यक्षमा कँडेल निर्वाचित
वालिङ, १६ माघ ।
वालिङ जेसीज बर्ष २०२५ को अध्यक्षमा सन्दीप कँडेल निर्वाचित हुनुभएको छ । वालिङ—८ स्थित रेडपिपर पार्टी प्यालेसमा बुधवार आयोजित २१ औ पदस्थापन कार्यक्रमबाट कंडेल सर्वसम्मत निर्वाचित हुनुभएको हो । कार्यकारिणी उपाध्यक्षमा विदुर कोइराला र युधिष्ठिर गैह्रे निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा सन्तोष रेग्मी, श्रीराम लम्साल, विष्णु पंगेनी र रेशम रेग्मी निर्वाचित हुनुभएको छ ।
कार्यक्रमको उद्दघाटन गण्डकी प्रदेश सांसद कल्पना तिवारीले गर्नुभएको हो । कार्यक्रमका अवसरमा सांसद तिवारीले जेसिज विसुद्ध सामाजिक संस्था भएकाले संस्थाले युवाहरुको व्यत्तित्व विकास गरी थप शसक्त ढंगबाट अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो । वालिङ जेसिजले यहाँका धेरै पक्षहरुमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउँदै २००४ मा वालिङमा स्थापना भएको जेसिजले यहाँका धेरै युवाहरुलाई नेतृत्वदावी भुमिकामा पु¥याएको बताउनुभयो ।
सोही पदस्थापन कार्यक्रमबाट कानुनी सल्लाहाकार सुदिप अर्याल,महासचिव भानुभक्त आचार्य र कोषाध्यक्ष करुणा काफ्ले मनोनीत हुनुभएको छ । सोही अवसरमा नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएकोमा वालिङ जेसीजका पूर्व अध्यक्ष मणि प्रसाद अर्याललाई सम्मान गरिएको थियो । यस्तै वालिङ जेसीज मानार्थ सदस्य दिलीप प्रताप खाँण गरिमा विकास वैंकको अध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको वालिङ जेसीजका निर्वतमान अध्यक्ष यज्ञ पुरुष रिजालले बताउनुभयो । त्यस्तै जेसिज अफ द इयर वर्ष २०२४ बाट सुर्यप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो ।
१८ देखि ४० वर्षसम्मका युवाहरुलाई नेतृत्व विकास गर्ने उदेश्यले विश्वव्यापी संस्थाको रुपमा जेसीजको स्थापना भएको हो । वालिङ जेसीज भने २००४ मा स्थापित संस्था हो । वालिङ पिङ्क सिटीको अवधारणा अघि सारेको यस संस्थाले गुलाबी सहर निर्माण गर्ने उदेश्यले एक घर एक गुलाब कार्यक्रम समेत संचालन गरेको थियो । स्थानीय सरकारलाई संसदीय अभ्यासको तालिम, युवाहरुलाई नेतृत्व विकास, प्रतिक्षालय निर्माण, विपदमा सहयोग लगाएत विभिन्न कार्यहरु गर्दै आएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति नेत्र पाण्डे, नेकपा एमाले वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । २१ औ पदस्थापनमा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष कंडेलले विगतको भन्दा अझ सशक्त र नमुना कार्य गर्ने बताउनुभयो ।
वालिङ जेसीज वर्ष २०२५ को अध्यक्षमा कँडेल निर्वाचित
वालिङ, १६ माघ ।
वालिङ जेसीज बर्ष २०२५ को अध्यक्षमा सन्दीप कँडेल निर्वाचित हुनुभएको छ । वालिङ—८ स्थित रेडपिपर पार्टी प्यालेसमा बुधवार आयोजित २१ औ पदस्थापन कार्यक्रमबाट कंडेल सर्वसम्मत निर्वाचित हुनुभएको हो । कार्यकारिणी उपाध्यक्षमा विदुर कोइराला र युधिष्ठिर गैह्रे निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा सन्तोष रेग्मी, श्रीराम लम्साल, विष्णु पंगेनी र रेशम रेग्मी निर्वाचित हुनुभएको छ ।
कार्यक्रमको उद्दघाटन गण्डकी प्रदेश सांसद कल्पना तिवारीले गर्नुभएको हो । कार्यक्रमका अवसरमा सांसद तिवारीले जेसिज विसुद्ध सामाजिक संस्था भएकाले संस्थाले युवाहरुको व्यत्तित्व विकास गरी थप शसक्त ढंगबाट अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो । वालिङ जेसिजले यहाँका धेरै पक्षहरुमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउँदै २००४ मा वालिङमा स्थापना भएको जेसिजले यहाँका धेरै युवाहरुलाई नेतृत्वदावी भुमिकामा पु¥याएको बताउनुभयो ।
सोही पदस्थापन कार्यक्रमबाट कानुनी सल्लाहाकार सुदिप अर्याल,महासचिव भानुभक्त आचार्य र कोषाध्यक्ष करुणा काफ्ले मनोनीत हुनुभएको छ । सोही अवसरमा नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएकोमा वालिङ जेसीजका पूर्व अध्यक्ष मणि प्रसाद अर्याललाई सम्मान गरिएको थियो । यस्तै वालिङ जेसीज मानार्थ सदस्य दिलीप प्रताप खाँण गरिमा विकास वैंकको अध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको वालिङ जेसीजका निर्वतमान अध्यक्ष यज्ञ पुरुष रिजालले बताउनुभयो । त्यस्तै जेसिज अफ द इयर वर्ष २०२४ बाट सुर्यप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो ।
१८ देखि ४० वर्षसम्मका युवाहरुलाई नेतृत्व विकास गर्ने उदेश्यले विश्वव्यापी संस्थाको रुपमा जेसीजको स्थापना भएको हो । वालिङ जेसीज भने २००४ मा स्थापित संस्था हो । वालिङ पिङ्क सिटीको अवधारणा अघि सारेको यस संस्थाले गुलाबी सहर निर्माण गर्ने उदेश्यले एक घर एक गुलाब कार्यक्रम समेत संचालन गरेको थियो । स्थानीय सरकारलाई संसदीय अभ्यासको तालिम, युवाहरुलाई नेतृत्व विकास, प्रतिक्षालय निर्माण, विपदमा सहयोग लगाएत विभिन्न कार्यहरु गर्दै आएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति नेत्र प्रसाद पाण्डे, नेकपा एमाले वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । २१ औ पदस्थापनमा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष कंडेलले विगतको भन्दा अझ सशक्त र नमुना कार्य गर्ने बताउनुभयो ।