अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण

news

 
वालिङ, २२ माघ ।
स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय तिलडाँडा स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो । 
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो । 
कार्यक्रममा बोल्नुहुँदै  वडा नं.२ का वडाअध्यक्ष पोतप्रसाद लम्सालले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरु आर्थिक रुपमा सवल हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो,“हेफर तथा दियालो संस्थाको सहकार्यमा वडाका किसानलाई अगाडि बढाउन काम गरिरहेका छौं ।” ग्रामीण क्षेत्रको विकासका लागि महिलाउत्पादनमा जोडिन जरुरी रहेको अध्यक्ष लम्सालले बताउनु भयो । 
कार्यक्रम अन्तरगत तिलडाँडा महिला स्वावलम्वी  समूहका २४ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजना संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । समूहका सबै सदस्यहरु दलित महिला मात्र आबद्ध रहेको समूहकी अध्यक्ष उमाकुमारी दमैले जानकारी दिनुभयो । सानो सहयोगले महिलाहरुमा उत्साह जागेको उहाँको भनाई छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...