अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल चयन

news

 
वालिङ, २३ माघ ।
प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएको छ । बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएको हो । समितिको उपाध्यक्षमा जीवनप्रसाद अर्याल, महिला उपाध्यक्षमा अनिता गौतम, सचिवमा नारायण प्रसाद कोइराला, सहसचिवमा रोशन लामिछाने र मुना न्यौपाने, कोषाध्यक्षमा गोपाल अधिकारी रहनुभएको छ । यस्तै, सदस्यहरुमा राम बहादुर रोकाहा, माधवप्रसाद रेग्मी, विश्वेश्वरप्रसाद पोख्रेल, यामकान्त गैह्रे, निशान भट्टराई र यमकला अधिकारी (करुणा) रहेका छन् । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा मोहन गुरुङ र कला राना, प्रदेश प्रतिनिधिमा हरिप्रसाद सुवेदी (सुशील) र राधिका पौडेल चयन हुनुभएको छ । 
छैठौँ अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले वर्तमान सरकार सधैं प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै देश र समाज रुपान्तरणका लागि पत्रकारहरु इमान्दार र क्रियाशिल भएर पत्रकारितालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । पत्रकारको कलम सधै निष्पक्ष हुनुपर्ने भन्दै समाज रुपान्तरणमा पत्रकारको महत्वपुर्ण भुमिका रहने उहाँको भनाई थियो ।
अधिवेशनमा पोलीट व्यूरो सदस्य तथा प्रदेश स्कुल विभाग प्रमुख टुकराज सिग्देल, नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सिता सुन्दास, केन्द्रीय सदस्य सिमा क्षेत्री, केन्द्रीय सदस्य किशोर विक्रम मल्ल, केन्द्रीय अनुशासन आयोग सदस्य चक्र बहादुर पराजुली, नेकपा एमाले प्रदेश कमिटी उपाध्यक्ष मिन प्रसाद गुरुङ, प्रदेश कमिटी सचिव घनन्जय दवाडी, जिल्ला कमिटीका अध्यक्ष सूर्य प्रसाद गैह्रे(पारस), उपाध्यक्ष महेश पुरी, सचिव रामचन्द्र भट्टराई, प्रचार विभाग प्रमुख एवं उपसचिव चिनमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...