अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वडा नं १०मा एमाले वडा कमिटि गठन

 
रेडियो आँधीखोला
वालिङ, ३ फागुन ।
नेकपा एमाले वालिङ नगरपालिका वडा नं. १० को अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले राजेश गैह्रेको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा धनश्याम पंगेनी, सचिवमा रामप्रसाद खनाल र उपसचिवमा भोजकुमारी गैह्रे र खिमा थापा रहनुभएको छ । अधिवेसनको उद्दघाटन नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुलीले गर्नुभएको हो । अधिवेसनको उद्दघाटन गर्दै पराजुलीले जनताको बहुदलीय जनवाद अनुसार पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी मात्र नभई बहुमतको पार्टी बन्नुपर्ने भन्दै पार्टीका राम्रा कामको प्रचारप्रसार गरी आम नागरिकलाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सदस्य खगिसरा थापा, जिल्ला सचिवालय सदस्य दिलिप बगाले, नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेललगायतले नयाँ कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम वडा कमिटि अध्यक्ष गंगा शर्मापंगेनीको अध्यक्षतामा सम्पन्न भएको थियोभ ने सञ्चालन सचिव राजेश गैह्रेले गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...