अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पूर्व राजा शाहले आज आलमदेवी मन्दिर दर्शन गर्ने

news

 
 
वालिङ (स्याङ्जा), १३ फागुन ।
पूर्व राजा ज्ञानेन्द्र शाहले मंगलबार बिहान स्याङ्जाको प्रसिद्ध मन्दिर आलमदेवीको दर्शन तथा पूजाआजा गर्नुहुने भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ लसर्घामा अवस्थित शाह बंशको कुल देवताकोरुपमा स्थापित आलमदेवी मन्दिरको दर्शन गर्नकालागि पूर्व राजा शाह सोमबार साँझ स्याङ्जा आउनुभएको हो ।
 
सडक मार्ग हुँदै सोमबार साँझ स्याङ्जाको वालिङ आईपुग्नुभएका शाह वालिङस्थित होटल भेनसमा बास बस्नुभएको हो । पूर्व राजा शाहले वालिङबाट झण्डै ५० किलोमिटर दूरी यात्रा गरी मन्दिर पुग्ने र दर्शन गर्ने कार्यक्रम रहेको बीर गोर्खाली अभियान्ता बसन्तबिक्रम पाण्डेले जानकारी दिनुभयो ।
 
मंगलबार बिहान मन्दिर दर्शन गरी पोखरा फिर्ता हुने बताईएको छ । आँफैले सवारी साधन हाँकेर स्याङ्जा आईपुग्नुभएका पूर्व राजा शाहलाई ठाउँ ठाउँमा स्वतःफूर्तरुपमा उपस्थित भएका सर्वसाधारणले फूलमालाले स्वागत तथा अभिनन्दन गरेका थिए । आलमदेवी मन्दिरमा दर्शन गर्नकालागि शाह छोरीसहित आउनुभएको हो । फागुन सात गते प्रजातन्त्र दिवसको दिनको सम्बोधनबाट राजाको थप सक्रियता बढेको दावी अभियान्ता पाण्डेले गर्नुभयो । सक्रियतासँगै थप शक्ति प्राप्तिकालागि कुल देवताको मन्दिरमा पूजाआजा गरी आशिर्वाद लिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...