अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयमा महाशिवरात्रि विशेष कार्यक्रम

news

 
वालिङ, १४ फागुन ।
स्याङ्जाको वालिङमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयमा महाशिवरात्रिको अवसरमा विविध कार्यक्रम गरी मनाईएको छ । महाशिवरात्रिको अवसरमा बुधबार आध्यात्मिक प्रवचन, शिवध्वजारोहण एवम् स्नेह मिलन कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले ब्रह्माकुमारी ईश्वरीय विद्यालयमा हुने नियमित अभ्यासले मानसिक र शारीरिकरुपमा फाईदा पुग्ने उहाँले बताउनुभयो ।
 
विद्यालयमा नियमित आउने गर्नाले मनलाई शान्त बनाउनुकासाथै तनाव, चिन्ता र क्रोधलाई न्यूनिकरण गर्नमा सघाउ पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले मानसिक शान्ति, सकारात्मक सोंचकासाथै आध्यात्मिक विकासमा ब्रह्माकुमारी विश्व विद्यालयमार्फत सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, वालिङ चेम्बर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपाने, ब्रह्माकुमारी विश्व विद्यालय वालिङकी प्रमुख कविता दिदी, अनु दिदी, ब्रह्माकुमारी ईश्वरीय विद्यालय वालिङका सचिव ओमप्रसाद शर्मा, कर्णेल धनबहादुर थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...